• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » यी ५ लक्षणहरु वेवास्ता नगर्नुस् नत्र क्यान्सर हुन सक्छ !
यी ५ लक्षणहरु वेवास्ता नगर्नुस् नत्र क्यान्सर हुन सक्छ !


अक्सर हामीलाई कतिखेर क्यान्सर हुन्छ पत्तो हुदैन । खास लक्षणहरु अनुभूति नगर्दा मानिस क्यान्सरको संक्रमणको ठूलो मारमा परीसकेको हुन्छ । तर यदी हामीले निम्न लिखित लक्षणहरुलाई ध्यान दिएर सतर्क हुने हो वा वेवास्ता नगर्ने हो भने क्यान्सरको प्रारम्भिक चरणमै हामीलाई थाहा हुन सक्छ । जसले हामीलाई ठूलो प्राणघातक रोगबाट बचाउन सक्छ । १. कुनै पनि भागको निरन्तर दुखाई तपाईको शरीरको कुनै पनि भाग या अंग निरन्तर दुखिरहन्छ भने यसलाई हेलचेक्याई नगरी डाक्टरसग‘ जाच गरी परामर्श लिनुहोस् । यस्तो निरन्तर दुखाई क्यान्सरको लक्षण हुन सक्छ । अझ महिलाहरुको स्तन वरिपरि कुनै पनि बदलाव आएमा अझ छिटो परामर्श गर्नु आवस्यक छ । स्तनक्यान्सर शुरुवाती चरणमा पहिचान गर्न गाह्रो हुन सक्छ । २. निरन्तर ज्वरो आउदा तपाईलाई निरन्तर ज्वरो आईरहन्छ भने पनि त्यो क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सरको विकासका चरणहरुमा ज्वरो तलमाथि भएर आईरहन सक्छ । ३. एकाएक तौल घट्नु ७ देखि ११ दिन भित्र अचानक शरीरको तौल १० प्रतिशत भन्दा कम भयो भने पनि चिन्ताको विषय हुन सक्छ । अझ शारीरीक श्रम कम गर्ने मानिसको तौल घटेमा तुरुन्त चेकअप गराईहाल्नुस् । ४. सधै थाक्नु हर हमेसा तपाईलाई थकाई मात्रै लाग्छ , कमजोरी महसुस हुन्छ र छालामा बदलाव आउछ भने त्यो पनि क्यान्सरको लक्षण हुन सक्छ तुरुन्त श्वास्थ्य परीक्षण गर्नु आवस्यक छ । चुरोट खैनी खानेहरुले अझ बढी यसमा ध्यान दिनु आवस्यक छ । ५. तनाव बढ्नु तपाई धेरै तनावमा रहने गर्नु भएको छ र तपाईको दिशाको रंग बदलिएको छ वा पिशाव पनि कालो कालो खालको भएको छ भने तुरुन्त डाक्टरलाई भेट्नु आवस्यक छ । आजभोली व्यस्त जीवन शैलीका कारण पनि मानिसमा तनाव बढेको छ जसले डिप्रेसन जस्ता समस्या बढाउदै अन्य समस्या र क्यान्सर सम्म पनि निम्त्याएको देखिएको छ । उपरोक्त लक्षणहरु तपाईले अनुभूति गर्नु भएको छ भने आफ्नो श्वास्थ्यको परीक्षण तत्कालै गराएर श्वास्थ्य लाभ लिनुहोला । अन्यथा रोगले च्यापिसके पछि निको हुन एक त पैसा धेरै खर्च हुन्छ भने अर्कोतिर निको हुन मुस्किल पनि बन्दै जान सक्छ ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar