• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » कलाकार एवं मोडल सृष्टि शाहीको हृदयघातका कारण निधन (तस्विर सहित)
कलाकार एवं मोडल सृष्टि शाहीको हृदयघातका कारण निधन (तस्विर सहित)

कलाकार एवं मोडल सृष्टि शाहीको २८ वर्षको कलिलो उमेरमै निधन भएको छ । शाहीको गत बुधबार पोर्चुगलको राजधानी लिस्बोनमा हृदयघातका कारण निधन भएको हो ।
उनको शनिवार लिस्बोनको ओलिभाइस सेर्मेटारियोमा हिन्दु परम्परा अनुसार दाहासंस्कार गरियो छ । मृतआत्माको चिर शान्तिको कामना गर्दै लिस्बोनमा ठूलो संख्यामा नेपालीले संयुक्त श्रदान्जली अर्पण गरेका छन् ।
कार्यक्रममा सहभागी पोर्चुगलका लागि नेपालका अवैतानिक राजदुत मकर बहादुर हमाल, गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमल लगायत सयौंको उपस्थिती थियो । फ्रान्सका लागि नेपाली दुतावासले पनि शाहीको निधन प्रति गहिरो दुःख व्यक्त गरेको हमालले जानकारी दिए ।
शाहीले कलाकार संघ पोर्चुगलका अध्यक्ष दीपक सुवेदीद्धारा निर्देशित ‘संभव छैन मिलन हाम्रो, आखाँको चालले लगायत थुप्र्रै म्युजिक भिडियोमा अभिनय गरेकी थिएन ।
उनी बिगत ५ बर्षदेखि राजधानी लिस्बोनमा श्रीमान बिमल श्रेष्ठसंगै बस्दै आएकी थिइन ।
अकस्मात हृदयघातका कारण बेहोस भएकी सृष्टिको उपचारका लागि साँओ जोसे हस्पिटलमा भर्ना गरिएको थियो । चिकित्कले दिएको जानकारी अनुसार शाहीको मुटुको भल्बको अप्रेशन गरिएको थियो भने ब्रेनसम्म रगत पास गराउने नशा सिथिल भएका कारण दिमागमा चोट पुगेर निधन भएको हो ।
को हुन सृष्टि ?
झण्डै २८ वर्ष पहिले कैलालीमा बाबु प्रेम बहादुर शाही र आमा जगत्रा देबी शाहीको कोखबाट जन्मेकी सृष्टि ४ दाजु भाइकी एक मात्र बहिनी र छोरी थिइन् । सानै उमेरदेखि काठमाण्डौमा बस्दै आएकी सृष्टि र बिमलको ११ बर्ष पहिले प्रेम बिबाह भएको थियो ।
बिहेपछि बिमल र सृष्टि अध्ययनका लागि सन् २००९ मा बेलायत पुगेका थिए । झण्डै २ बर्षको बेलायत बसाइपछि उनीहरु सन् २०११ मा पोर्चुगल आएका थिए । सृष्टि गैर आवासिय नेपाली संघ एनआरएन पोर्चुगलका उपाध्यक्ष एवं चर्चित गितकार तथा साहित्यकार सुनिल संगमकी भाइ बुहारी हुन् ।
यो कस्तो संयोग !
एउटा कलाकारको दाहासंस्कार भएकै दिन कलाकारद्धारा संचालित रेष्टुरेन्टमा भने पार्टी गरिएको छ । कलाकारको निधनमा पार्टी नगरिएको भए पनि लिस्वनको इनतेन्देन्तमा रहेको कल्चर हाउसको उदघाटन समारोहमा जाड पार्टी गरिएको हो । कलाकार संघ पोर्चुगलका अध्यक्ष एवं निर्देशक तथा कलाकार दीपक सुवेदी र कला, साहित्य, संस्कृति तथा संचार परिषद्का अध्यक्ष एव नेपाली चलचित्रका नायक जे के शर्माद्धारा सञ्चालित रेष्टुरेन्टको उदघाटन गर्दै पार्टी गरिएको हो । शाही कलाकार संघ पोर्चुगलको कोषाध्यक्ष समेत थिइन ।
तर एउटा कलाकारको निधन भएर दाहासंस्कार गरेकै दिन रेष्टुरेन्ट उदघाटनको पार्टी गर्न उचित नहुने भन्दै दीपक सुवेदी अनुपस्थित रहेका थिए । उनले उदघाटनको समय पछि सार्न आग्रह गर्दा पनि शर्माले नमानेकाले आफू अनुपस्थित रहेको प्रतिकृया दिए । उदघाटन सत्रमा धेरैलाई निम्ता दिएइको भएपनि झण्डै ६०÷७० जनाको उपस्थिती थियो ।
उदघाटन कार्यक्रममा एनआरएन पोर्चुगलका अध्यक्ष भिम केसी कमल, सफल व्यवशायीहरु सूर्य हमाल र कमल गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा जेवी ओली, अनिता पौडेल, लालमती गुरुङले गीत संगित प्रस्तुत गरेका थिए ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar