बादरले सिंगो मुलुकलाई अन्धकार बनायो
एजेन्सी, २७ जेठ । एउटा बादरले सिंगो मुलुकलाई ३ घण्टासम्म अन्धकार बनायो । यो कुनै कथाको लाईन होईन । यो अफ्रिकी मुलुक केन्यामा बुधबार घटेको एउता सत्य घटना हो । तपाईलाई सुन्दा पनि अचम्म लाग्न सक्छ, बादरले कसरी पुरै देश नै प्रभावित भयो ।
एउटा बादरका कारण अफ्रिकी मुलुक केन्या बुधबार निरन्तर ३ घण्टा प्रभावित भयो । ३ घण्टासम्म केन्याका कुनैपनि बस्तिमा वत्ति बलेन । केन्याको मुख्य विद्युत गृहको उपकरणमाथि एउटा बाँदर हामफाल्दा मुलुकभर विद्युत अवरुद्ध भएको समाचार एजेन्सीहरुले जनाएका छन् । त्यसपछि केन्यामा वत्ति बाल्नका लागि ३ घण्टा पुरै कसरत गर्नु परेको थियो ।
केन्याको गितारु विद्युत केन्द्रमा प्रवेश गरेको बाँदर अचानक ट्रान्सफर्मरमा हामफाल्दा विद्युत प्रशारण अवरुद्ध हुँदा एकसय ८० मेगावाट उर्जा नोक्सान भएको विद्युत उत्पादन कम्पनी ‘केनजेन’ले जनाएको छ


0 comments
Write Down Your Responses