• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » रणवीरसँगको ब्रेकअपले यसरी टुटेकी कैटरिना ...!!
रणवीरसँगको ब्रेकअपले यसरी टुटेकी कैटरिना ...!!

मुम्बई—बलिउड नायिका कैटरिना कैफ रणवीर कपुरसँगको सम्बन्धबाट अलग भइसकेकी छिन् । यस वर्षको जनवरीमा उनको ब्रेकअप भएको हो । तर, ब्रेकअपका विषयमा अहिलेसम्म न त कैटरिनाले केही बताइन्, न त रणवीर नै खुलेर बोले । त्यसैले अहिलेसम्म यो खुल्न सकेको थिएन कि आखिर उनीहरुको किन ब्रेकअप भयो ? यसबीचमा खबर आएको छ कि रणवीर र कैट्रिनाबीच कुराकानी समेत हुँदैंन । फिल्म ‘जग्गा जासुस’को सुटिङ सेटमा उनीहरु एकअर्कासम्म बोल्दैनन् । ‘जग्गा जासुस’को सुटिङ सकिइसकेको छ । कैट्रिना र रणवीर मुम्बई पुगिसकेका छन् । मुम्बई पुगेर ‘वोग’ म्याग्जिनलाई दिएको एक अन्तर्वार्तामा कैटनिाले ब्यक्तिगत र ब्यवसायिक जीवनका केही प्रश्नहरुको जवाफ दिएकी छन् । कैटरिनासँग सोधिएको छ उनी लभलाइफका बारेमा धेरै कुरा किन गर्दिनन् ? उनले उत्तर दिएकी छिन्, ‘मानिस आपसमा कयौं कुराहरु गर्छन । यसका विषय फरक—फरक हुन्छन् । मेरो विषयमा पनि कयौं कुराहरु हुन्छन् । तर, ती कुराहरु उस्तै रुपमा म कहाँ पुग्दैनन्, जस्तो भनिएको हुन्छ ।’ रणवीरसँग ब्रेकअप भएपछि कैटरिना धेरै बदलिइसकेकी छिन् । कैटरिनाले भनिन्, ‘मलाई लाग्छ, अब कोहीसँग पनि म एउटै बाटोमा हिडेर फ्रेण्डसीप गर्न सक्दिन् । कसैसँग पनि धेरै डिपेण्ड वा अट्याच हुन सक्दिन । यो एक फिल्म इण्डष्ट्री हो । यहाँ काम गर्नुको साटो हामी कयौं पटक ब्यक्तिगत वा प्रोफेसनल जीवनलाई मिक्स गरिदिन्छौं ।’ कैटरिनाकोे यो कुराबाट थाहा पाउन सकिन्छ कि उनी ब्रेकअपपछि टुटेकी छिन् । उनको प्रेम र साथीमाथिको विश्वास समेत उठिसकेको छ । तर, भनिन्छ समय घाउलाई भरिदिन्छ । कैटरिना पनि समय बित्दैं गएपछि ब्रेकअपको पीडा पनि भुल्नेछिन् ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar