किन आउँछ अनुहारमा चाँयापोतो ? यस्ता छन् बच्ने उपाय :: Read More News>>
सुन्दर अनुहार भएका मानिसलाई पनि कतिपय अवस्थामा चाँयापोतोको समस्याले निकै नै सताउँछ। मानिस यसको उपचारका लागि घरेलु जडीबुटीदेखि बजारमा चलेका अनेकौँ क्रिमको पछाडि दौडन्छन्। अनुहारमा चाँयापोतो आउनुका विशेष गरि तीन चार कारण छन् । सबैभन्दा पहिलो सामान्य तर प्रमुख कारण घाम हो। अर्को कारणमा गर्भावस्थामा पनि चाँयापोतो आउँछ जससलाई कोलाज्मा भनिन्छ । अन्य कारणले आउने चाँया पोतोलाई मेलाज्मा भनिन्छ। हर्मोनको प्रयोग र शरीर भित्रका कमजोरीले पनि चाँया पोतो आउँने गरेको अध्ययनले पुष्टि गरिसकेको छ।
चाँयापोतोबाट बच्नको लागि सर्वप्रथम अनुहारलाई घामबाट बचाउन सक्नुपर्छ। महिलामा विशेष कारणहरु जस्तै महिनावारी रोकिने बेलामा बढी हर्मोनको अन्तर भएर आउँछ। त्यही समयमा चाँयाहरु आउन सक्छ। त्यसैगरी पाठेघरको समस्याले गर्दा पनि चाँया आउँछ।
महिलाहरुमा गर्भनिरोधक चक्की पिल्स, नरप्लान्ट वा कन्ट्रासेप्टहरूको प्रयोगले चाँया पोतो आउने हुन्छ। चाँयापोतोबाट बच्नको लागि सर्वप्रथम अनुहारलाई घामबाट बचाउन सक्नुपर्छ। महिलामा विशेष कारणहरु जस्तै महिनावारी रोकिने बेलामा बढी हर्मोनको अन्तर भएर आउँछ। त्यही समयमा चाँयाहरु आउन सक्छ। त्यसैगरी पाठेघरको समस्याले गर्दा पनि चाँया आउँछ।
तसर्थ चाँयापोतोको कारण पत्तालगाएर त्यसको उपचार गरेमा अनुहारमा आउने चाँयापोतोलाई रोक्न सकिन्छ। चाँया हटाउने उपाय विभिन्न छन्। औषधिको प्रयोग, केमिकल पिलिङ्ग र लेजर प्रविधिबाट चाँयालाई हटाउन सकिन्छ । भित्री छालाको पत्रमा हुने चाँया र माथिल्लो पत्रमा हुने चाँया गरि यी दुई प्रकारको हुन्छ। छालाको माथिल्लो पत्रमा हुने चाँया सजिलै औषधिहरूबाट निको हुन्छ तर छालाको तल्लो पत्रमा हुने चाँया औषधिबाट निको हुन समय लाग्छ। यसको लागि लेजर प्रविधि अपनाउनु पर्छ। यसका साथै सन ब्लकको प्रयोग पनि चाँयाबाट बच्न सकिने उत्तम उपाय हो।
क्रिम लगाउने तरिका
घामबाट अनुहारलाई जोगाउन क्रिम लगाउने भन्न सजिलो छ तर यो अप्ठेरो कुरा हो। घामबाट जोगाउने क्रिमहरूमा एसियन स्किनको लागि साधारणतया १५-३० नम्बरका क्रिमहरू पाइन्छन्। धेरै गोरो छाला छ भने, ४०-५० नम्बरको र धेरै कालो छालाको लागि १५ वा ८ नम्बरको क्रिम प्रयोग गर्नुपर्छ । साथै चिल्लो छाला भएकाहरूले चिल्लो नभएको सन ब्लकको प्रयोग गर्नुपर्छ र यदि सुख्खा छाला छ भने चिल्लो भएको सन ब्लक प्रयोग गर्नुपर्छ। तरद पनि यस प्रकारका क्रिम लगाउने तरिका मुख्य कुरा हो।
बाहिर ननिस्किएपनि वा घाम नै नलागेको दिन भए पनि बिहान सन ब्लक क्रिम लगाउन जरुरी छ जुन ४-५ घण्टाको लागि काम गर्छ । यदि बाहिर जानु पर्यो वा घाममा हिँड्नु पर्यो भने त्यसमा अरु ५ एमएल लगाउनु पर्छ । विधि पुर्याएर सन ब्लक लगाउन सकिएन भने घामबाट बच्न सकिँदैन र फेरि चाँया आउछ। कुनै पनि संसारको औषधिले चाँया आउने रोक्न सक्दैन तर भएको चाँया हटाउन सक्छ यदि घामबाट अनुहारलाई जोगाउने क्रिम लगाउन सकेमा।


0 comments
Write Down Your Responses