दीपिका र प्रियंकाबीच चर्को शितयुद्ध
एजेन्सी, १७ असार । अहिले नायिका दिपिका पादुकोण र प्रियंका चोपडाको विषयलाई लिएर बलिउडको बजार तातेको छ । यि दुईको चिसिएको सम्बन्धलाई लिएर तातेको बलिउडका खबरलाई नेपाली मिडियाले पनि पछ्याउने क्रम जारी छ । हालै सम्पन्न ‘आइपा’ अवार्डमा दीपिकाले प्रियंकासँग नाच्न अस्विकार गरेसँगै यि दुईको चिसिएको सम्बन्ध समाचारको विषय बनेको हो ।
चलचित्र ‘बाजिराव मस्तानी’मा सँगै काम गरेका यि २ नायिकालाई सोहि फिल्मको ‘पिंगा’ गीतमा आयोजक स्टेज उतार्न चाहन्थे । तर, दीपिकाले उक्त प्रस्ताव अस्विकार गरेकी थिईन् । सोही विषयमा प्रियंकासँग कुरा बुझ्न गएका केहि सञ्चारकर्मीलाई आयोजकलाई सोध्नु भन्दै जवाफ फर्काएकी छिन् ।
यहि फिल्मबाट राम्रो साथी बनेका यि दुुई नायिकाले उक्त फिल्ममा निर्वाह गरेको भूमिकाको पनि निक्कै तारिफ गरिएको थियो । तर, अहिले यि दुबैबीच शितयुुद्ध चलिरहेको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।
हलिउड यात्रामा रहेका यि नायिका बीच दुुरी ल्याउने काम यहि यात्राले गरेको जानकारहरु बताउँछन् । यि दुई नायिका ‘जेम्स बोन्ड’ फिल्मका लागि अडिसन छन् भने संजयलिला भन्सालीको फिल्म ‘पदमाव्ती’मा अभिनय गर्न दुबै लागिपरेका छन् । यहि कारण नै यि दुईको मित्रतामा दरार ल्याएको सञ्चार माध्यम जनाउँछन् ।


0 comments
Write Down Your Responses