• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Your are browsing : Photo
असार २०, काठमाडौँ ।  तल दिईएको तस्बिर हेर्ना साथ तपाईले यो सामाजिक संजाल फेसबुकमा गरिने व्यङ्ग्यमा आउने मानिसको तस्बिर भनेर चिन्नु हुन्छ । तर यी व्यक्तिका बारेमा अन्य जानकारी तपाईलाई नहुन सक्छ । कतिपयले त सो तस्बिर केवल स्केच भएको ठान्छन्, जुन गलत हो । यो त वास्तविक ब्यक्ति कै फोटो हो । 


हेरौ यी ब्यक्ति को हुन्, र कसरी यिनको तस्बिर व्यङ्ग्यमा प्रयोग हुन थाल्यो ?

यी ब्यक्ति नेपालका नभई चीनियाँ चर्चित बास्केट बल खेलाडी याओ मिङ हुन् । व्यङ्ग्यमा देखिने सेतो तस्बिर यिनकै फोटोको स्केच हो । १८ वर्षको हुँदा उनले सन् २००२ मा चीनको राष्ट्रिय समूहबाट बास्केटबल खेल्न सुरु गरिसकेको थिए । सन् २००९ मे महिनामा खेलपछि भएको पत्रकार सम्मेलनमा उनले त्यस्तो अनुहार बनाएका थिए । त्यसपछि एकजना चित्रकारले सो फोटोको सेतो स्केच बनाई व्यङ्ग्यमा प्रयोग गर्ने निर्णय गरका थिए । त्यसपछि उनको सो तस्बिर व्यङ्ग्यमा देखिन थालेको हो । उनी ७ फिट ६ इन्च अग्ला छन् ।
सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्री देवी दनुवार रहेको प्रहरीले जनाएको छ ।
स्थानीय ४० वर्षीया राजुदेवी दनुवार र उहाँकी सासू ६५ वर्षीया समुन्द्रीदेवी दनुवारबीच घरायसी विषयमा झगडा भएको र झगडापछि समुन्द्रीदेवीको मृत्यु भएको स्थानीयवासीलाई उद्धत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ । घटनाबारे प्रहरीबाट अनुसन्धान भइरहेको छ । रासस

बलिउड अभिनेता सलमान खान कुनै न कुनै रुपमा चर्चामा रहिरहन्छन्। सोही क्रममा केही दिन पहिला सलमानले ठूलो जमघटमा आफ्नी पूर्व प्रेमिका कैटरिना कैफको हात थामेर सबैलाई चकित पारेका छन्।
भारतीय संचारमाध्यमका अनुसार आफ्नी रोमानिया गर्लफ्रेण्ड युलिया बंतुरसँग अफेयरमा रहेका सलमानले पुन कैटरिनाको हात थामेका हुन्।
बाब सिद्दीकीले दिएको पाटीमा पुगेका सलमानले कैटरिनाको हात समाएका हुन्। सलमान आफ्नी गर्लफ्रेण्डसँग पाटीमा जाने चर्चा चलेपनि पाटीमा सलमान एक्लै पुगेका थिए, जहा सलमान कैटरिनासँग निकै घुलमिल देखिए। यतिबेला समाजिक संजालमा सलमान र कैटरिनाको फोटो भाइरल भएको छ।
फोटोमा सलमान ठूलो जमघटमा पूर्व प्रेमिका कैटरिनाको हात समातेर हिडेँको दृष्य देख्न सकिन्छ। एकअर्काको हात समाएका उनीहरु दुवै मुस्कुराएका छन्। संचारमाध्यमले सलमान र कैटरिनाको प्रेम अझै बाँकी रहेको समाचार सम्प्रेषण गरेका छन्।
केही समय पहिला अभिनेता रणबीर कपुरसँग ब्रेकअपपछि सलमानले कैटरिनालाई आफ्नो करियरमा ध्यान दिन सल्लाह दिएका थिए। सलमानले कैटरिनालाई धेरै सहयोग समेत गर्ने गरेका छन्। हालैमा सलमानले फिल्म ‘वीरे दी वेडिंग’ मा कैटरिना कैफलाई अभिनेत्रीको रुपमा लिन सलमानले अनिल कपुरसँग सिफारिससमेत गरेका थिए।





धरानः चिनियाँ प्राविधिकहरुले सुनसरीको वराहक्षेत्रदेखि मोरङको बाहुनीसम्म सम्भावित पेट्रोल खानीको अन्वेषण सुरु गरेका छन् । चिनियाँ सरकारको प्राविधिक टोलीले सोमबारदेखि वराहक्षेत्रदेखि अन्वेषण थालेकाहुन् । चिनियाँ टोलीले सुनसरीको वराहक्षेत्रदेखि बाहुनीसम्म लिङकप देखेकाले पेट्रोलियम पदार्थको ठूलो भण्डार हुन सक्ने बताएका छन् ।

चिनियाँ टोलीले यसको रिपोर्ट तयारी गर्दै गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डले जानकारी दिए । अन्वेषणको लागि सम्पूर्ण लागत चिनियाँ सरकारले व्यहोरेको मन्त्री पाण्डेले बताए । भने, ‘यो कुनै ठेक्कापट्टा होइन, चिनियाँ सरकारले सहयोग गरेको हो ।’

मोरङको बाहुनीमा अन्वेषण सुरु

2

मोरङको बाहुनी गाविस–९ राधानगरको सम्भावित पेट्रोल खानीमा चिनियाँ प्राविधिकहरुले अन्वेषण सुरु गरेका छन् । ब्लक नं. १० मा रहेको राधानगरको पेट्रोल खानी ३० वर्षअघि पत्ता लागेको थियो ।

२०४३ सालमा पञ्चायतकालीन सरकारले अमेरिका र बेलायती प्राविधिकको सहयोगमा नेपालको खानी तथा भूगर्भ अन्वेषण गर्ने क्रममा पेट्रोलियम पदार्थको भण्डार रहेको पत्ता लागेको थियो । खानीको उत्खनन्का लागि ३७ सय मिटर जमिनमुनि पाइप भसाएर त्यहाँको तरल पदार्थको परीक्षण लागि नमूना सङ्कलन भएको थियो ।

नेपालमा पेट्रोलियम पदार्थ प्रशोधनका लागि महङ्गो पर्ने कारण देखाएर खानी अन्वेषण स्थगन गरिएको भन्ने जनमानसमा सम्प्रेषण गरिएको थियो । राधानगरमा पेट्रोल खानी सञ्चालनका लागि तीन बिघा तीन कठ्ठा व्यक्तिको जग्गा समेत मुआब्जा दिएर सरकारले घेराबेरा गरी राखेको छ ।

पञ्चायती व्यवस्था ढल्ने बेलामा शुरु गरिएको खानी सञ्चालन एकाएक बन्द भएपछि स्थानीयले विभिन्न अनुमान लगाएका थिए । कतिपयले नेपालमा खानी सञ्चालन भयो भने भारतको पेट्रोल खानीको भण्डारमा प्रभाव पर्ने भएकोले भारतीय दबावमै योजना रोकिएको बताउँदै आएका थिए ।

मङ्गलबार खानीको स्थलगत निरीक्षण गर्दै उद्योगमन्त्री सोमप्रसाद पाण्डेले अबको तीन वर्षभित्र अन्वेषण कार्य सकिने बताए । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार नेपालका सम्भावित पेट्रोल खानीहरुको अन्वेषण गर्ने कार्यक्रम रहेको मन्त्री पाण्डेले बताए ।

पेट्रोलियम पदार्थको अवस्था, व्यावसायिक खानी सञ्चालन गर्ने सम्भावनाको लेखाजोखा गरेर सरकारले थप कार्य अघि बढाउने पाण्डेको भनाइ छ । खानीको अन्वेषणका लागि चीनबाट सातजनाको प्राविधिक टोली नेपाल आएको छ । नेपाल आएको चिनियाँ प्राविधिक टोलीले बाहुनीसहित नेपालका अन्य दशवटा खानीको अन्वेषण गर्ने पाण्डेले जानकारी दिए ।

धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, वीरगञ्ज, मलङ्गवा, जनकपुर, राजविराज र मोरङमा गरी नेपालमा दशवटा खानी रहेको पाण्डेले बताए । त्यसलाई दशवटा ब्लकमा विभाजन गरिएको र मोरङको खानी ब्लक नं. १० मा पर्ने उनको भनाइ थियो ।







संयुक्तराज्य अमेरिकामा प्राय सबैजसोको भान्सामा कमसेकम एउटा माइक्रोवेभ ओभन हुन्छ ।
तर दुर्भाग्यवस माइक्रोवेभले स्वास्थमा हानि पुर्याउँछ भन्ने कुराको जानकारी थोरैलाई मात्र हुनसक्छ । आज हामी माइक्रोवेभका कारण स्वास्थमा पुग्न सक्ने हानी तथा नोक्सानीका बारेमा जानकारी गराउँदै छौं ।

- माइक्रोवेभमा तयार पारिएको खानाको पोषण तत्व हराएर जान्छ

माइक्रोवेभका कारण मानव शरीरमा हानिकारक किरण प्रवेश गर्छ भन्ने भनाईमा सत्यता छैन । माइक्रोवेभ आफैले हानि पुर्याउने भन्ने होइन तर त्यसले तपाईको खानालाई स्वस्थकर भने पक्कै बनाउँदैन ।

माइक्रोवेभका कारण खानामा उपलब्ध पोषण तत्व हराएर जान्छ । बिज्ञहरु यस्तो खानालाई मरेको खाना भन्छन् ।

- माइक्रोवेभले बि१२ भिटामीनलाई सखाप पर्छ

भिटामीन बी१२ शरीरका लागि अति आवश्यक मानिन्छ । तर जव तपाई भिटामीन बी१२ भएको खानालाई माइक्रोवेभमा राख्नुहुन्छ त्यो गुण खानाबाट हराएर जान्छ । अनि भिटामीन बी१२ को लागि तपाईले अरु थप खानेकुरा खानुपर्ने हुन्छ किनकि शरीरमा भिटामीन बी १२ नपुगेको खण्डमा स्वास्थमा खरावी देखिन थाल्छ ।

अनुसन्धानले के पनि देखाएको छ भने आमाको दुधलाई कहिल्यै पनि माइक्रोवेभमा राख्नुहुँदैन किनकि दुधमा भएको बाकटेरिया मरेर जान्छ । यसको अर्थ के हो भने दुधमा लुकेको यो बच्चालाई फाइदा पुर्याउने बाकटेरिया बच्चाले पाउँदैन तर दुधमा उपलब्ध बाकटेरिया बच्चाको स्वास्थका लागि अति आवश्यक छ ।

- माइक्रोवेभले कारसिनोजेन उत्पादन गर्छ

क्यान्सर के का कारणले हुन्छ तपाईलाई थाहा छ ? कारसिनोजेनका कारणले क्यान्सर हुन्छ र यो तपाईको खानामा कुनै पनि समयमा प्रवेश गर्न सक्छ । अनि विशेषगरि जव तपाई प्लास्टिकमा बेरेको खानालाई माइक्रोवेभमा ततो पार्नुहुन्छ त्यस बखत यो कारसिनोजेन तपाईको शरीरमा पक्कै प्रवेश गर्छ ।

माइक्रोवेभमा तताउनुपर्ने खानेकरा जुन तपाईले ग्रोसरी स्टोरबाट खरिद गर्नुहुन्छ त्यसमा पीइटी तथा बीपीए जस्ता विषादी जन्य केमिकलहरु लुकेको हुन्छ । जव तपाई यो खानेकुरा खानुहुन्छ तपाईले कारिसिनोजेन पनि आफ्नो शरीरमा जम्मा पार्नुहुन्छ जसका कारण तपाईको शरीरमा क्यान्सर लगायतका अन्य रोगहरुले घर बनाउन सक्ने संभावना अत्यधिक रहन्छ ।

- माइक्रोवेभले तपाईको रगतको बनाबटलाई परिवर्तन गरिदिन्छ

स्विटजरल्याण्डमा गरिएको एक अध्ययन अनुसार, माइक्रोवेभमा तातो पारेको दुध तथा सागसब्जी सेवन गर्नेहरुको रगतमा परिवर्तन भएको देखियो । उनीहरुको रेड ब्लड सेल (रातो रगत कोषिका) को गणना कम भएको र ह्वाईट ब्लड सेल्स (सेतो रगत कोषिका) बढेको पाइयो । सेतो कोषिकाहरु विशेषगरि शरीरमा संक्रमण भएको बखत मात्रै बढ्छ ।

माइक्रोवेभ ओभनहरु नी ?

माइक्रोवेभ ओभनहरु आफैमा हानिकारक नभएता पनि यसबाट फालिने किरणले मानव मुटुको चालमा असर पुर्याउन सक्ने अनुसन्धानले खेदाएको छ । बिज्ञहरुले के पनि सुझाएका छन् भने छातीमा समस्या भएकाहरुका लागि माइक्रोवेभ ओभनले ठूलो हानी पुर्याउन सक्ने संभावना हुन्छ ।
हुनत होटल तथा रेस्टुरेन्टमा बरफ बिनाको पानी तथा फ्रिजको चिसो पानी चाहिदैन भन्नु भयो भने वेटरले तपाईलाई आश्चर्य चकित अनुहारले हेर्ने छ। तर यस्तो अवस्था आउँदैमा तपाईले पिर गर्नुपर्ने कुनै आवश्यक छैन किनकी चिसो भन्दा मनतातो पानी स्वास्थका हिसावले अति लाभदायक छ ।

चिसो पानी पिउनाले के हुन्छ ?

 - जव तपाई चिसो पेय पदार्थ पिउनु हुन्छ तपाईको रगतको नशाहरु खुम्चिन्छ, तपाईको पाचन प्रक्रियामा पनि रोकावट आउँछ र तिाख्रामा समेत बाधा पुग्न सक्छ ।

- खाना खाएपछि चिसो पानी पिउनाले शरीरमा अत्यधिक खकार उत्पादन हुन्छ जसका कारण इम्युन सस्टिम घटेर जान्छ र रुघाखोकी लगायतका अन्य रोगबेथाले आक्रमण गर्छ ।

-  चिसो पेय पदार्थ सेवन गर्दै वा चिसो पेय पदार्थ सेवन गरे लगत्तै यदि तपाई केही खानेकुरा खानुहुन्छ भने शरीरमा भएको पानीको तापक्रमले खानामा भएको चिल्लो पनालाई ठोसमा परिनत गरिदिन्छ र शरीरले उक्त चिल्लो तथा बोसोलाई सहजै पचाउन सक्दैन ।

केही मानिसहरु फ्रिजमा चिसो पारिएको पानी तथा वरफ पानीले क्यालोरिलाई पगाल्न अहम भूमिका खेल्ने बताउँछन् । तर त्यो सत्य हुन नसक्ने अनुसन्धानले देखाएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार चिसो पेय पदार्थले पाचन प्रक्रिायामा ठूलो असर पार्छ ।

यसका साथै क्यालोरि पगाल्ने अरु पनि तरिकाहरु छन्स्

मनतातो पानी पिउनाले हुने फाइदाहरुस्

- पाचन प्रक्रियामा तिब्रता ल्याउनुका साथै शरीरमा पानीको अभाव हुन दिदैन ।

-  प्राक्रितिक पाचन रसहरुमा तिब्रता ल्याउनुका साथै पाचन शक्ति बलियो बनाउँछ ।

-  खाना सहजै बिभाजन हुन्छ ।

- बिहान मनतातो पानीका साथ कागती मिसाएर सेवन गर्नाले दिसा सफा हुन्छ ।

-  यसले रगतलाई सफा पार्नुका साथै शरीरमा छाला, किडनी तथा फोक्सोको माध्ययमले प्राक्रितिक विषादीनाशक गुणलाई सक्रिय बनाई दिन्छ ।

मनतातो पानी पिउने बानी बसेपछि तपाईले आफ्नो पाचन प्रक्रियामा अनौठो सुधार पाउनु हुनेछ । कतिपय मानिसहरुलाई मनतातो पानीले सुगर नियन्त्रण गर्न समेत सहयोग पुर्याएको तथ्यले देखाएको छ ।
काठमाडौँ– चन्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदा चैत २६ गते शुक्रबारदेखि सौम्य नामको नयाँ संवत्सर सुरु हुँदैछ ।
सौम्य नामक संवत्सर सुरु भएपछि पृथ्वीवासीलाई राम्रो फल मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
गत वर्ष चैत्र शुक्ल प्रतिपदादेखि बिहीबारसम्म कीलक नामको संवत्सर परेकाले नेपाललगायत पृथ्वीका विभिन्न भागमा नराम्रो फल मिलेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।
“‘चैत्र शुक्ल प्रतिपदा वत्सरारम्भ’ भनी शास्त्रमा लेखिएको छ, ६० वटा संवत्सर प्रत्येक वर्ष बदलिरहन्छन्, नव वर्षको शुभारम्भका दिन स्नान गरी तेल लगाएर निमको पात सेवन गर्नाले वर्षभर आरोग्यता प्राप्त हुने विश्वास छ”– उनले भने ।
विसं २०७२ को अन्तसम्म कीलक नामको संवत्सर परेकाले नेपालमा भूकम्प, भारतको अघोषित नाकाबन्दी, बाढीपहिरोजस्ता नकारात्मक घटना भएकाले सौम्य नामको संवत्सर सुरु भएपछि राम्रो फल प्राप्त हुने समितिको भनाइ छ ।
वैदिक शास्त्रीय ग्रन्थमा संवत्सरको फल उल्लेख गर्दा कीलकको नकारात्मक र सौम्यको सकारात्मक फल बताइएको छ ।
चैत्र शुक्ल प्रतिपदादेखि चैत्र कृष्ण औँसीसम्म गरिने धार्मिक कर्ममा सङ्कल्प गर्दा यस वर्ष सौम्य नामको संवत्सर उच्चारण गरिन्छ । संवत्सर परिवर्तन हुने चैत्र शुक्ल प्रतिपदाका दिन शक संवत्सर पनि परिवर्तन हुन्छ । जसअनुसार शुक्रबारबाट शक संवत् १९३८ लाग्नेछ । जसलाई समितिले स्वीकृति दिएका पञ्चाङ्गमा श्रीशाके भनी लेखिएको हुन्छ ।
चैत्र शुक्ल प्रतिपदाका दिन जे बार पर्छ विसंको नयाँ वर्षभर ग्रहगोचरीय मन्त्रिपरिषद्अनुसार त्यही राजा हुने शास्त्रीय व्यवस्था रहेको पनि अध्यक्ष प्राडा गौतमले बताए ।
“यसैअनुसार नववर्ष विसं २०७३ को राजा शुक्र भएको हो, वैशाख १ गते जे बार पर्छ वर्षभर त्यही मन्त्री हुने विधानअनुसार २०७३ सालमा बुध मन्त्री भएको हो, यसलाई पात्रोमा राजा शुक्र र मन्त्री बुध भनी लेखिएको छ”– उनले भने ।
नववर्ष विसं २०७३ मा शुक्र र बुधको संयोग परेकाले पनि राम्रो फल मिल्ने समितिको विश्वास छ । यी ग्रह आपसमा मित्र ग्रह हुन् । यसकारणले पनि विश्वमा धेरै नराम्रा घटना नहुने समितिको विश्वास छ ।
विसं २०७२ मा शनि राजा र मङ्गल मन्त्री थिए । यी दुवै आपसमा शत्रु ग्रह हुन् । यसैले पृथ्वीमा नराम्रा घटना भएका हुन् । यो फल नेपाललाई मात्र नभई विश्वकै लागि हुनेछ । ग्रह गोचरले नै विश्वलाई सञ्चालन गर्ने शास्त्रीय मान्यता छ ।

चैत २६, कैलालीमा लागु औषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

अवैधरुपमा भारतबाट नेपाल ल्याउँदै गरेको लागू औषधसहित दुई जनालाई सशस्त्र प्रहरी बल त्रिनगरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ३ चटकपुरका १८ वर्षीय सतिश शाह र वडा नम्बर २ सन्तोषीटोलका २४ वर्षीय करन शाह रहेका छन् । पक्राउ परेका दुवैजनालाई सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको छ।

सशस्त्र प्रहरी सहायक निरीक्षक धनबहादुर महतोको नेतृत्वमा रहेको प्रहरीले गएराति त्रिनगर भन्सार कार्यालय कैलालीको गेटमा चेकजाँचका क्रममा से ३ प २४५८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट लागु औषध फेला पारेको थियो।

सशस्त्र प्रहरी निरीक्षक गोविन्दबहादुर सिंहले उनीहरुका साथबाट २ सय ५० ग्राम चरेश, नाइट्रोभेन १५ टयाब्लेट, स्माम्मो ७२ टयाबलेट र १०० एमएलका १५ सीसी कोरेक्स बरामद गरिएको जनाएका छन् ।
यो वर्षको भ्रमण गन्तव्यका लागि विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतको ट्राभल गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्ने रफ गाइडले प्रकाशित गरेको सन् २०१६ मा भ्रमणका लागि विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको हो ।
१० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा छ । वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पका कारण सिथिल बनेको नेपालको पर्यटन उद्योग विस्तारै माथि उठ्ने क्रममा रहेको उल्लेख छ । ट्रेकिङ रुट, होम स्टे तथा सांस्कृतिक क्षेत्र नेपालको मुख्य पर्यटकीय आकर्षणका केन्द्र रहेको रफ गाइडले जनाएको छ ।

नेपाली नागरिकको आत्मिय स्वागत तथा व्यवहार पनि नेपाली पर्यटन क्षेत्रको अर्को पक्ष रहेको जनाएको छ । हिम श्रृँखला, जंगली जनावर तथा विविधताले युक्त जंगल नेपालको पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ ।

रफ गाइडको १० देशको सूचीमा कोलम्बिया दोस्रो नम्बरमा छ । क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा छन् ।


काठमाडौँ, २ चैत - नेपाल र बेलायतबीच दौत्य सम्बन्धको दुई सय वर्ष पुगेको छ।

बेलायतको राजपरिवारका सदस्य डेढ दशकपछि नेपाल आउँदैछन्। तर, नेपालका राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण अनिश्चित छ। बेलायतका राजकुमार ह्यारी ६ चैतमा आउँछैछन्।

ह्यारी गणतन्त्र स्थापनापछि आउने बेलायतका पहिलो भिभिआइपी हुनेछन्। बेलायतस्थित नेपाली दूतावासकाअनुसार बेलायतका राजकुमार फिलिप २९ कात्तिक २०५७ मा चार दिने निजी भ्रमणमा क्रममा नेपाल आएका थिए।

Older Posts Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar