अस्पतालमा मैनवत्तीको भर
जिल्लाको एक मात्र अस्पतालमा रात्रिकालीन सेवा गतिलो नभएको नागरिक अगुवा केशवजंग शाहले बताए। 'जिल्ला सदरमुकामको अस्पतालको अवस्था त यस्तो छ, गाउँमा झन् के होला?' उनले प्रश्न गरे। सरोकारवाला निकायले ध्यान नदिँदा बिरामीको उपचार अँध्यारोमै गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
मैनबत्तीमा उपचार प्रभावकारी नहुने बिरामीका आफन्तजन बताउँछन्। एकवर्षे छोराको उपचारका लागि अस्पताल पुगेकी भुर–६ की सीता कुसारी पर्याप्त विद्युत भोल्टेज नहुँदा बिरामीसँगै कुरुवाले पनि सास्ती भोग्नुपरेको बताउँछिन्। 'शौचालय जान पनि समस्या छ,' उनले भनिन्।
अस्पताल विकास समिति अध्यक्ष नगेन्द्र शाह विद्युत भोल्टेज पर्याप्त नहुँदा राति बिरामीको उपचार गर्न समस्या आएको बताउँछन्। अस्पतालमा राखिएका सोलार प्यानलको उचित प्रयोग हुन नसक्दा समस्या निम्तिएको र समस्या समाधानका लागि पहल गरिरहेको उनको भनाइ छ।

0 comments
Write Down Your Responses