प्रहरीलाई झुक्याएर नेपाल छिरेको भारतीय प्रहरीहरुलाई यसरी लखेटे स्थानीयले पुरा हेर्नुस
कलैया, २ माघ । सीमामा रहेका नेपाली सुरक्षाकर्मीलाई गढीमाई दर्शन गर्ने भन्दै झुक्याएर नेपाल प्रवेश गरेका भारतीय प्रहरीले बारा कलैयाबाट एक व्यापारीलाई नियन्त्रणमा लिन गरेको प्रयास स्थानीयको प्रतिकारमा असफल भएको छ।
ग्ढीमाई दर्शन गर्न भन्दै बाराको मटिअर्वा नाकाबाट सादा पोसाकमा नेपाल प्रवेश गरेका सातजना भारतीय प्रहरीको टोलीले कलैयामा किराना पसल सञ्चालन गर्दै आएका भारत सीतामढीका पप्पु साहलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो।
बिनाजानकारी कलैया-५ मा रहेको साहको किराना पसललाई घेरा हालेर उनलाई नियन्त्रणमा लिने प्रयास गरेपछि कलैया बजार क्षेत्र विहीवार साँझ तनावपूर्ण बनेको थयो। अपहरण र हत्याको अभियोगमा साहलाई पक्राउ गर्न कलैया आएका भारतीय प्रहरीले आफ्नो परिचय नै नदिई उनलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए।


0 comments
Write Down Your Responses