दिल्लीमा गमला फुटाएको निहुमा कुटाई खाएपछि गुल्मीका केशव मगरले गरे आत्माहत्या
नयाँदिल्ली – हरियाणाको गुढगाउँस्थित एक निजी निवासका कामदार गुल्मी, नयाँगाउँ ६ का केशव गमाल मगरले छिमेकीको गमला फुटाएको बाहनामा पिटाइ खाएपछि आफू सुत्ने कोठामा गएर आत्महत्या गरेका छन्।
२० वर्षीय केशवले घर मालिकको गाडी निकाल्दा ब्याक गर्ने क्रममा दुई गमला फुटेका थिए । उच्च न्यायालयका वकिल रहेका छिमेकीले कुटपिट गरेलगत्तै शनिबार अपराह्न केशव कोठामा गएर छानोसँगैको बिममा गलबन्दीको पासो लगाएर झुन्डिएका थिए।
डिएलएफ फेज, फेज १ मा सञ्चालित एक गेस्ट हाउसका प्रवन्धक जीवनाथ विकका अनुसार केशवले काम गर्ने घर मालिकले पनि छिमेकीले आफ्नो कामदारलाई कुटपिट गरेकामा तत्कालै आपत्ति जनाएका थिए।
मृतक केशवका दाइको पनि केही महिनाअघि सडक दुर्घटनामा ज्यान गएको थियो । उनकी आमा र भाइबहिनी गुल्मी गाउँमा ज्यालादारी काम गरेर जीवीकोपार्जन गरिरहेका छन्।


0 comments
Write Down Your Responses