• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » रुकुममा सामूहिक बलात्कारपछि किशोरीको हत्या
रुकुममा सामूहिक बलात्कारपछि किशोरीको हत्या

जाजरकोट, ६ माघ । रुकुममा सामूहिक बलात्कारपछि एक किशोरीको हत्या भएको छ ।

जङ्गलमा दाउरा लिन गएको बेला खोलागाउँ गाविस–५ सर्केनाकी १६ वर्षीया सुस्मिता शाहको सामूहिक बलात्कारपछि मङ्गलबार हत्या भएको प्रहरीले जनाएको छ ।



घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी सुस्मिता राति अबेरसम्म पनि घरमा नफर्किएपछि परिवारले उनको खोजी गरेको थियो । सोमवार साँझ ४ बजे दाउरा लिन गएकी उनलाई मङ्गलबार मात्र रुखमा झुन्डिरहेको अवस्थामा परिवारका सदस्यले भेटृाएका थिए ।

जिल्ला अस्पताल जाजरकोटमा शव परीक्षणका लागि ल्याइएकी मृतक शाहको सामूहिक बलात्कारपछि हत्या भएको जिल्ला अस्पताल जाजरकोटका डा दीपक पुनले बताउनुभयो । डा पुनले मृतक शाहलाई सामूहिक बलात्कार गरेर हत्या गरिएको अवस्था देखिएको बताउनुभयो ।

मृतकलाई केही दिनअघि नचिनेको नम्बरबाट केही केटाले फोन गरेर धम्की दिने गरेको र उनीहरुले नै उनको हत्या गरेको हुनुपर्ने खोलागाउँकै स्थानीय निर्मल शाह बताउँछन् । हिमालय उच्च मावि खोलागाउँमा ११ कक्षामा अध्ययनरत शाहको हत्यापछि गाउँ नै शोकमा डुबेको उनले सुनाए ।

प्रहरीले घटनाको गम्भीररुपमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले बताउनुभयो । हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा सजाय गर्नुपर्ने पीडित परिवार र स्थानीयले माग गरेका छन् ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar