• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, Technology » अहिले भर्खरै शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी
अहिले भर्खरै शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

हङ्कङ्, ३० पुस । चीनको शिनजियांग क्षेत्र र तिब्बतमा शक्तिशाली भूकम्प गएको छ । चाइना अर्थक्वकर्स सेन्टर (सीईएनसी) का अनुसार आज बिहान ४ बजेर ३४ मिनटमा तिब्बतको एमडो काउन्टीमा भूकम्प गएको छ । भूकम्प ५.४ म्याग्नेचयुड मापन गरिएको छ । यसको झट्का अत्यन्तै शक्तिशाली रहेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । भूकम्पले जमिनको सतहतदेखि १० किलोमिटरको गहिराइमा केन्द्र बनाएको छ ।

भूकम्पले ५ बजेर १८ मिनटमा चीनको शिंजियांगमा बायिंगोल मंगोलियन स्वायत्त क्षेत्रमा ठूलो धक्का महशुस गरिएको थियो । यो क्षेत्रमा गएको भूकम्पको केन्द्र लुंटाई काउन्टीमा थियो । भूकम्प गएको स्थान ल्हासादेखि ३ सय ३० किलोमिटर टाढा रहेको जनाइएको छ । भूकम्पबाट भएको क्षतिका विषयमा पूर्ण जानकारी आइसकेको छैन ।

Labels: Articles, Technology

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar