OMG सरिता घिमिरेलाई तातो पानी खन्याएर हत्या गरी रुखमा झुण्डाईयो भिडियो सहित
एक साता अघि मृत भेटिएकी ललितपुरको ठूलादुर्लुङस्थित बालुवाडाँडाकी सरिता तिमल्सिना (घिमिरे) को मृत्यु रहस्यमय बनेको छ । यही असोज १७ गते आइतबार बिहान झुन्डिएको अवस्थामा फेला परेकी साढे चार महिनाकी गर्भवती तिमल्सिनाकोे मृत्युलाई हत्या भएको आशंका उनका माइती पक्ष र सरोकारवालहरुले गरेको रहस्यमय बनेको हो । मृतकको माइती पक्षले हत्याको आशंका गरेपछि उनका श्रीमान उपेन्द्र घिमिरेलाई
माइती पक्षले गरेको दावी अनुसार मृतक सरितालाई तातो पानी खन्याएर हत्या गरी रुखमा लगेर झुण्ड्याइएको हो । मृतकको शरीर भरी निलडाम रहेको तस्वीरहरु समेत उनीहरुले रेकर्डमा देखाएका छन् । कक्षा ९ मा पढ्दै गरेकी १९ वर्षीया सरिता तिमल्सिनासँग ७ महिना अघि उपेन्द्र घिमिरेले आफूखुशी विवाह गरेका थिए । मृतकका फुपुका छोरा राजन प्रसाद बञ्जराले आफ्नी बहिनीको हत्या भएको हुनसक्ने आशंका व्यक्त गरे । ‘बहिनीको शरीर भरी पोलेको फोकाहरू छन, छाला पुरै खुइलिएको छ । हामीले त्यसको पनि मेडिकल रिपोर्ट मागेका छौ । मृतकको घाँटीमा पनि एउटा डोरीको निसाना पहिले नै थियो र पछि झुन्डिएको डोरीको निसाना अर्कै छ’ बन्जाराले भन्नुभयो। ‘एउटा डोरीले पासो लाएको भए दुइ ओटाको निशाना कसरी आयो ?’ उनको प्रश्न छ । बन्जाराले बहिनीको आधा शरीर भुईमा लत्रिएको भन्दै बसेर घाँटीमा डोरी लगाएजस्तो देखिएको बताए ।

0 comments
Write Down Your Responses