• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News »

पाँचथर, फागुन १० - प्रहरीले एनसेलको सिमकार्डबाट रकम ठगी गर्ने दुई युवकलाई पक्राउ गरेको छ । झापा गौरदाह ९ का प्रकाश दाहाल र मोरङ पत्थरी ९ मेघनाथ गिरीलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरुलाई यही फागुन ४ गते एनसेलको मोबाइलबाट ‘एप्लिकेसन प्रोग्राम’मार्फत एसएमएस पठाएर रकम ठगी गरेको आरोपमा राजधानीबाट पक्राउ गरी पाँचथर ल्याइएको प्रहरीले जनाएको छ ।

उनीहरुले फिदिम १ का प्रेम तामाङको रु २३ हजार र तेह्रथुम छातेढुङ्गा ६ का नारानाथ सुनवारको रु १६ हजार ठगी गरेको बताइएको छ । प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले उनीहरुले ‘तपाईलाई एनसेलबाट एक लाख, दुई लाख र रु तीन लाखसम्म बोनस रकम परेको छ, त्यसका लागि करबापतको रकम तिनुपर्ने’ भन्दै प्रतिव्यक्ति रु १६ हजारदेखि रु ३६ हजारसम्म रकम ठगी गरेको अनुसन्धानबाट देखिएको बताएका छन् ।

उनिहरुले छब्बीस हजारका दरले झापा, मोरङ, इलाम, पोखरा र स्याङ्जाका करिब १० जनालाई ठगी गरेको उजुरी आइसकेको समेत उनले जनाए । 

उपरीक्षक कोइरालाले ठगीका मुख्य योजनाकार भारत राजस्थानका सुमित शर्मा भने फरार रहेकाले उनको खोजी भइरहेको बताएका छन् ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar