भारत तर्सिने विषय उठाए पहिलोपटक प्रधानमन्त्री ओलीले !
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई तर्साउने गरी एउटा विषय उठाउनुभएको छ ।
शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा ओलीले १९५० को सन्धि पुनरावलोकनको प्रस्ताव गरेको दिल्लीमा रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
६ दिने भ्रमणका क्रममा दिल्लीमा रहनुभएका ओलीले मोदीसँगको भेटवार्तापछि हैदरावाद हाउसमा भएको नेपाल–भारतबीचको द्विपक्षिय वार्तामा यो विषयसँगै प्रधानमन्त्री ओलीले कालापानी र सुस्तामा नेपाली भूमी अतिक्रमण भएको कुरा पनि उठाउनुभएको थियो ।
१९५० को सन्धिको पुनरावलोकन गर्न भारतीय पक्षले आफूहरु तयार रहेको भन्दै त्यसका लागि ठोस प्रस्ताव ल्याउन आग्रह समेत गरेको रिमालको भनाई छ । राजकीय सम्मानका साथ भारतको भ्रमणका गएका ओली असमान सन्धि भएको ६५ वर्षपछि पुनरावलोकन मुद्दा उठाउने पहिलो प्रधानमन्त्री बन्नुभएको छ ।
यसैगरी द्विपक्षिय वार्तामा भारतले विभिन्न स्थानमा बनाएका बाँधले उत्पन्न गरेका समस्याको विषयमा पनि छलफल भएको छ । अन्य समस्याहरुमा पनि ओलीले मोदीको ध्यानाकर्षण गराउनुभएको प्रमुख सल्लाहकार रिमालले बताउनुभयो ।

0 comments
Write Down Your Responses