• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, News » बेहुलीका घरमा दोहोरो झडप, घाइतेलाई हेलीकोप्टरबाट काठमाडौं पुर्‍याइयो
बेहुलीका घरमा दोहोरो झडप, घाइतेलाई हेलीकोप्टरबाट काठमाडौं पुर्‍याइयो

ताप्लेजुङ । जिल्लाको खोक्लिङ गाविसमा विवाह भइरहेको ठाउँमा युवाहरुवीच हतियारसहित दोहोरो झडप हुँदा तीनजना घाइते भएका छन् ।

एक जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते खोक्लिङ-३ का मुकेश भनिने मनिहाङ लिम्बुलाई हेलीकोप्टर मार्फत उपचारका लागि काठमाडौ लगिएको छ । सामान्य घाइते खोक्लिङ-३ कै देवेन्द्र लिम्बु र नाङ्खोल्याङका बिश्वास लिम्वुको स्थानीय उपस्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घाइते तीनैजना एउटै समूहका रहेका र आक्रमण गर्ने सबै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।झडपमा घरेलु हतियारसहित धारिलो खुकुरी प्रयोग भएको स्थानीय प्रत्यक्षदर्शीलाई उधृत गर्दै इलाका प्रहरी कार्यालय दोभानका प्रहरी हवल्दार पदमबहादुर तामाङले बताए ।

प्रहरी हवल्दार तामाङका अनुसार फरार समुहमा एकै घरका तीन जना छन् । उनीहरु पहिरो पीडित भई विस्थापित युवा हुन् । गत जेठमा गएको पहिरोका कारण लिवाङबाट विस्थापित भई खोक्लिङमै बस्दै आएका वुद्धिमान लिम्वु, सुकबहादुर लिम्बु र खड्कसिंह लिम्बु फरार रहेको प्रहरीले बतायो ।

 युवाहरुवीचको झडप बिहीबार साँझ बेहुलीका घरमा भएको हो । विवाहस्थलमा भएको विवादको कारण भने खुल्न सकेको छैन । बेहुलीका विषयमा युवाहरुवीच विवाद भएको हो कि भन्ने जिज्ञासामा प्रहरीले विवादको कारण प्रष्ट रुपमा आइनसकेको बतायो ।

Labels: Articles, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar