• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » चर्चित फुटबलर नेमारको पाँच करोड डलर सम्पत्ति जफत, जेल सजाय हुने
चर्चित फुटबलर नेमारको पाँच करोड डलर सम्पत्ति जफत, जेल सजाय हुने

सायो पाउलो–ब्राजिलका फुटबल स्टार नेमारलाई कर छलीको आरोपमा ठूलो झड्का लागेको छ। ब्राजिल सरकारले नेमारको निजी जेटसहित पाँच करोड डलर सम्पत्तिसमेत जफत गरेको छ। सायो पाउलोको अदालतले नेमारको अपिल खारेज गर्दै उनको सम्पत्ति जफत गर्न निर्देशन दिएको थियो।Captureअन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार गत वर्ष नेमार र उनको परिवारलाई प्रशासनले करिब १ दशमलव ६ करोड बराबरको कर छली गरेको आरोप लगाएको थियो। २०११ र २०१३ मा ब्राजिलको क्लब सान्तोस आबद्ध भएपछि उनीमाथि कर छलीको आरोप लागेको थियो। नेमारले भने यी सबै आरोपलाई अस्विकार गर्दै आएका छन्।


संचारमाध्यमका अनुसार २३ वर्षीय नेमारको जुन सम्पत्ति जफत गरिएको छ, त्यसमा उनको निजी जेट र शीपसमेत रहेका छन्। ब्राजिलको कर विभागले नेमारले छली गरेको बर तिर्ने हो भने उनीलाई जेलसजाय नहुने जनाएको छ। बार्सिलोनामा अवैध तरिकाले ट्रान्सफर लिएको भन्दै नेमार र उनका बुबालाई स्पेनिश विभागबाट पनि कानूनी जाँचको सामना गर्नुपरेको छ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar