• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » नुवाकोटमा फेरि अर्को दुर्घटना, एकजनाको मृत्यु
नुवाकोटमा फेरि अर्को दुर्घटना, एकजनाको मृत्यु

नुवाकोट, माघ २४ । नुवाकोटको मदानपुरमै फेरि आज अर्को दुर्घटना भएको छ । शनिबार ११ जनाको मृत्यु हुनेगरी माइक्रो बस दुर्घटना भएको स्थान नजिकै अर्को दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मदानपुर गाउँ विकास समितिको बाराहीमा बा ३ ख ६३४५ नम्बरको आइचर दुर्घटना हुँदा चालक देउराली गाविसका सेलकर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सिद्धीविक्रम शाहका अनुसार अरु दुई जना घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ ।
शनिबार काठमाडौंबाट त्रिशुली जाँदै गरेको माइक्रो बस हुर्घटना हुँदा ६ नेपाली सैनिकसहित ११ जनाको मृत्यु भएको थियो ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar