• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » ताप्लेजुङमा शनिबार सुरु भएको डढेलो नियन्त्रणमा आउन सकेन
ताप्लेजुङमा शनिबार सुरु भएको डढेलो नियन्त्रणमा आउन सकेन

ताप्लेजुङ, ३० फागुन - ताप्लेजुङ सदरमुकाम फुङ्लीङ नजिकै रहेको दोखुमापर्ने धुसेनीस्थित सरकारी वनमा शनिबार साँझ ६ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।

ताप्लेजुङ नगरपालिका-८ मा पर्ने उक्त वन आगलागीबाट सयौँ हेक्टर जङ्गल जलेर नष्ट भएको छ। शनिबारबाटै जिल्लास्थित नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा आगलागी केही नियन्त्रणमा लिइएको भए पनि नियन्त्रणमा आइनसकेको स्थानीयवासी रुपनारायण भट्टराईले जानकारी दिए।

आगलागी हुनासाथ दमकलसहित सोही क्षेत्रमा प्रहरी, सेना र स्थानीयवासीको सक्रियतामा नजिकै रहेका बस्ती आगलागीबाट बचेका छन्। आगलागी सुरु हुनासाथ स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि जिल्लाबाट पुगेको सुरक्षा टोलीले अग्निरेखा कोरी छेउछाउका बस्ती क्षति हुनबाट बचाएका हुन्।

सो आगलागीबाट बस्तीमा पुग्ने सम्भावना नभए पनि जङ्गलभित्रको आगलागी पूर्णरुपमा नियन्त्रण गर्न समय लाग्ने देखिएको छ। आगलागीको उच्च जोखिम रहेको उक्त क्षेत्रमा यसअघि पनि बर्सेनि आगलागी हुँदै आएको छ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar