• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » उत्तर कोरियाद्वारा अमेरिकी सैन्य अभ्यासका बारेमा नयाँ चेतावनी
उत्तर कोरियाद्वारा अमेरिकी सैन्य अभ्यासका बारेमा नयाँ चेतावनी

सिओल, ३० फागुन - उत्तर कोरियाद्वारा वासिङ्टन तथा सिओलले संयुक्त रुपमा हवाई अभ्यास गरेकोप्रति प्रतिक्रिया दिँदै धम्कीपूर्ण भाषामा यदि उनीहरूको सामथ्र्य भएमा कोरियाली प्रायद्वीपमा आक्रमण सुरु गर्न चेतावनी दिएको छ।

उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी ९केसिएनए० ले उत्तरकोरियाली सेना प्रमुखहरूद्वारा जारी गरिएको वक्तव्यमा आवश्यक परेमा प्योङयाङले अमेरिकी र दक्षिण कोरियाली सैन्य अभ्यासबाट आफू नतर्सिने जनाएको छ।

उत्तरकोरियाले अमेरिकी संयुक्त सैन्य आक्रमणको प्रतिवाद गर्दै सिओलगायत सम्पूर्ण कोरियाली प्रायद्वीपलाई मुक्त गर्ने बताएको छ।

उत्तरको चेतावनीको प्रतिवाद गर्दै दक्षिण कोरियाको रक्षामन्त्रालयले सैन्य अभ्यास नियमित भएको जनाउँदै यसबाट थप उत्तेजित नहुन सुझाव दिएको छ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar