• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » भारत ,अमेरिका र चाइना सबै भन्दा धेरै सैनिक भएका देश हुन् भने यी यस्ता देश हुन् जसमा सैनिक नै छैनन्
भारत ,अमेरिका र चाइना सबै भन्दा धेरै सैनिक भएका देश हुन् भने यी यस्ता देश हुन् जसमा सैनिक नै छैनन्

होड चलेको छ। अमेरिका, चीन र भारत संसारकै सबैभन्दा बढी सेना भएका देश हुन्। सेना देश र जनताको सुरक्षाका लागि भएको तिनको दाबी छ। हालै स्विजरल्यान्डमा एउटा छलफल चर्को रुपमा उठेको थियो।
हाँको राष्ट्रिय सेना उसलाई आवश्यक छ कि छैन भनी भएको छलफलमा ‘छैन’ भन्ने विषयमा बढी नै मत व्यक्त भएको थियो। संसारभर भने आफ्नो राष्ट्रिय सेना हुनुमा धेरैलाई गर्व हुने गरेको छ।

आफ्नै राष्ट्रिय सेना नहुने राष्ट्रहरु पनि उत्तिकै सुरक्षित छन् तर ती चर्चामा भने छैनन्। अाफ्नै राष्ट्रिय सेना नभएका गुम्नाम देशहरूबारे जान्नाेस् :
कोस्टारिका
मध्य अमेरिकी देश कोस्टारिकामा सेना छैनन्। १९४८ मा राष्ट्रपति चुनावमा धाँधली भएपछि त्यसविरुद्ध भएको जनविद्रोहले विद्रोहीहरुले शासन सत्ता कब्जा गरे। तिनले बनाएको नयाँ संविधानमा राष्ट्रिय सेना आवश्यक नरहेको भनी भएको सेनालाई पनि खारेज गरिदियो। १९५३ देखि देशले १४ वटा राष्ट्रपति छानिसकेको छ र सबै चुनाव शान्तिपूर्ण तरिकाले सम्पन्न भएका छन्।
लिस्टेनस्टाइन
मध्य युरोपको सानो देश लिस्टेनस्टाइनले १८६८ देखि नै आफ्नो सेना भंग गरेको थियो। मूल कारण चाहिँ सेनाको व्ययभार उठाउन नसक्ने भनी शासकहरुले हात उठाएका थिए। देशले सेना राख्नु निकै महँगो भएको थियो। बेलाबेलामा हुने युद्धले सेना बनाउने सम्भावना भए पनि युद्ध नै झेल्नुपर्ने अवस्था भने आइपरेन।

लिस्टेनस्टाइनमा कालो धन संसारभरिबाट थुप्रिन्छ यो देशको कुल ग्राहस्थ उत्पादन कतारपछि दोस्रो नम्बरमा छ।
समोआ
१९६२ मा भएको लोकप्रिय आन्दोलनले न्युजिल्यान्डको उपनिवेशबाट मुक्त भएको समोआले सुरुदेखि नै आफ्नो सेना राखेको छैन। स्वतन्त्रतालगत्तै भएको न्युजिल्यान्डसँग मैत्रीपूर्ण सन्धिका कारण देशलाई आवश्यक पर्दा सेना खटाउन सक्नेछ।
अन्डोरा
१२७८ मा बनेको यो देश युरोपमा पर्छ। फ्रान्स र स्पेन नजिकै रहेको यो देशलाई आवश्यक पर्दा फ्रान्सेली र स्पेनी सेनाले सहयोग गर्ने जिम्मा पाएका छन्। ४६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो देश स्की रिसोर्ट र ड्युटी फ्री पसल तथा किनमेलका लागि परिचित छ। ट्याक्स बचाउन चाहनेहरुका लागि स्वर्गको देश भनेर यसलाई चिनिन्छ।
तुवालु
२०१४ मा प्रशान्त द्वीप समूह सहयोग संगठनमा रहेको यो देशको क्षेत्रफल २६ वर्ग किलोमिटर मात्र छ। जम्मा १० हजार जनसंख्या भएको यो देशमा संसदीय राजतन्त्र छ ।
भ्याटिकन
इटालीको राजधानी रोममा रहेको यो देश संसारकै सबैभन्दा सानो देश हो। यसको क्षेत्रफल ०।४४ वर्ग किलोमिटर छ। जनसंख्या ८ सय ४० मात्रै छ। यस हिसाबले यो देश सबैभन्दा कम जनसंख्या भएको देशका रुपमा पनि परिचित छ। क्याथोलिक चर्चको प्रमुख कार्यालय र त्यस कार्यालयका प्रमुख पोप यहाँका मुख्य शासक मानिन्छन्। यो मुलुक पोपको सम्मानका लागि मात्र स्थापना गरिएको विश्वास गरिन्छ।
ग्रेनेडा
एउटा ठूलो द्वीप र सानातिना छ वटा द्वीपहरुबाट बनेको ग्रेनेडाको क्षेत्रफल ३ सय ४४ वर्गकिलोमिटर छ। यो देशको जनसंख्या १ लाख ५ हजार मात्र छ। ग्रनेडा क्यारेबियन र एटलान्टिक समुद्रको बीचमा पर्छ। यहाँ तपाईं हामीले खाने मसालाहरु उत्पादन हुने देशका रुपमा समेत परिचित छ। १९८३ मा भएको सैन्य विद्रोह र त्यसपछि भएको अमेरिकी हस्तक्षेपका कारण सेना नै नराख्ने निर्णय भएको थियो।
नाउरु
प्रशान्त महासागरमा रहेको यो द्विप राष्ट्र २१।१० वर्ग किलोमिटरको छ। यसको जनसंख्या १० हजार मात्रै छ। अस्ट्रेलियासँग भएको सैन्य सम्झौताका कारण यसले आफ्नो सेना राखेको छैन।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar