एकाएका सडकमा लाखौं पैसा खसेपछि…के भयो त हेर्नुहोस भिडीयो सहित,,
ई नेपाल खबर,, । हाम्रो देशमा सार्वजनिक ठाउँमा पैसा भेट्टाएपछि सुटुक्क उठाएर लैजाने चलन छ । तर यहाँको एउटा सहरको ब्यस्त सडकमा लाखौं रुपैयाँ खस्दा पनि कसैले हातै लगाएनन् । हाम्रो यहाँ भएको भए शायद टिप्नेको तछाड, मछाड नै हुन्थ्यो । यो घटना हो दक्षिण कोरियाको । जहाँ सडकमा पैसा बर्सिदा पनि कसैले वास्ता गरेन् । समाचार अनुसार कोरियाकी एक ५६ बर्षिया महिलाले १९,०३० डलर राजधानी सोलमा फालेकी छिन् । उनले उक्त रकम फाल्दा पनि कुनै पनि ब्यक्तीले पैसा उठाएनन् । पैदलयात्रुहरुले उक्त छरिएर रहेका पैसाको फोटो खिचे तर कसैले पनि उठाएनन । स्थायनी प्रहरीका अनुसार कोरियामा बेवारिसे अवस्थामा रहेको पैसा उठाउनु पनि चोरी मानिन्छ । तर, जानजान फालिएको पैसा उठाउँदा भने कुनै कानुन लाग्दैन् । तैपनि पैसालाई कसैले हात लाएनन् । अन्तिममा त्यो पैसा प्रहरीले बटुल्यो । र फाल्ने महिलाको जिम्मा लगायो । ती महिलाले बैंकबाट ३६ हजार डलर झिकेर सडकमा उडाएकी थिइन् । सबै पैसा जम्मा गरेर प्रहरीले ट्याक्सीमा चढाएर उनलाई घर पठाएको थियो । ‘म, मेरा श्रीमान र छोराले उक्त पैसा लिईदिन्छन् भनेर डराएकी हुँ । उनीहरुले लिनु भन्दा सडकमा रहेका कुनै आवश्यक ब्यक्तीले उक्त रकम पाउँन भन्ने चाहना हो ।’ प्रहरीलाई ती महिलाले भनेकी छिन् ।

0 comments
Write Down Your Responses