• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » छोराले गरे वृद्ध बुवासहित दुईको हत्या
छोराले गरे वृद्ध बुवासहित दुईको हत्या

बेंसीशहर: कसैले सोच्ला ! आफैंले जन्माए, हुर्काएको छोरा आफ्नै काल बनेर आउँछ भनेर । तर, लमजुङको बाँझाखेत गाबिस वडा नंं १  खासुरका ७६ वर्षीय बृद्ध मीनबहादुर घलेको जीवनमा आफ्नै छोरा काल बनेर आए ।


३६ वर्षीय छोरा तीर्थराज घलेले शुक्रबार ढोकाको गजबार र चिर्पटले हान्दा उनले ज्यान गुमाएका हुन् ।  ८४ वर्षीय माइला बुवा धनबहादुर घलेको पनि तीर्थबहादुरले हत्या गरेका छन् । बुवालाई चिर्पटप्रहार गरिरहेको समयमा छुट्याउन जाँदा उनलाई पनि प्रहार गरेका थिए ।

आफ्नै छोराको प्रहारबाट सख्त घाइते भएका दुई वृद्ध उपचारका लागि  चितवन मेडिकल कलेज भरतपुर पुर्याइएको थियो ।

तर अस्पतालले ‘उपचार असम्भव’ भन्दै अस्पतालले फिर्ता पठाएपछि बेंसीशहर ल्याउँदै गर्दा शनीबार बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक शम्भुप्रसाद ढकालले जानकारी दिए । उनीहरुको शवलाई पोष्टमार्टमपछि परिवारलाई बुझाइएको उनले बताए ।

राति झगडा गरेर तीर्थबहादुरले बुबामाथिसुरुमा ढोकामा लगाउने गजबार प्रहार गरेका थिए । त्यसपछि आमालाई लखेट्दै लगेको र पालैपालो आफन्तलाई अन्दाधुन्दा प्रहार गरेको स्थानीय दुधराज घलेले जानकारी दिए ।

अन्धाधुन्ध प्रहारबाट ७६ वर्षीया आफ्नै आमा बर्दी घले र माइलीआमा हिमचुली घले घाइते भएका छन् । उनीहरुलाई जिल्ला सामुदायिक अस्पतालमा उपचार पश्चात घर लगिएको छ ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar