मंगलबारदेखि लोडसेडिङ घट्दै, आयो लोडसेडिङको नयाँ तालिका
चैत्र १५ । मंगलबारदेखि लागु हुने गरि नेपाल विद्युत प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ घटाउने भएको छ ।
आउँदो १८ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले एक घण्टा लोडसेडिङ घटाउने भएको हो ।
गर्मीबढेसँगै हिमनदीमा पानीको बहाव बढेको र कुलेखानी जलविद्युत आयोजनाको उत्पादन बढेकोले अझै लोडसेडिङको समय तालिका घटने बताइएको छ ।
साथै जलविद्युत आयोजना पनि राष्ट्रिय प्रसारण लाईनमा जोडिनेक्रम जारी रहेकाले लोडसेडिङ घट्ने विद्युत प्राधिकरणको भनाई छ ।
प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ घटाउन गरेको निर्णयसँगै अब हप्तामा ७७ घन्टामात्र बत्ति जाने छ ।

0 comments
Write Down Your Responses