• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
» OMG सांसदसहित १५८ यात्रु चढेको विमानबारे आयो यस्तो दुःखद खबर
OMG सांसदसहित १५८ यात्रु चढेको विमानबारे आयो यस्तो दुःखद खबर

उक्त विमानमा चर्चित कम्युनिष्ट सांसद पनि सवार थिए । घटना हो नयाँ दिल्लीको । जहाँको दिल्ली एयरपोर्टबाट तिरुवन्तपुरम जान लागेको एयर इन्डियाको विमानमा चालक दलका सदस्यहरु बीच नै झडप भएको छ ।


उक्त झडपले विमानभित्र भागाभाग नै भएको थियो भने निर्धारित समयभन्दा दुई घण्टा ढिलो उडेको थियो ।
विमानमा सांसदका अतिरिक्त सुरक्षा अधिकारी तथा सरकारी उच्च कर्मचारी समेत सवार थिए । बिहीबार साँझ भएको सो घटनापछि एयर इन्डियाले विवादमा संलग्न चालक दलका दुई सदस्यलाई निलम्बन गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार चालक दलका एक पुरुष र एक महिला सदस्यबीच भएको विवाद झडपको अवस्थामा पुगेको थियो । विमानमा १५८ यात्री प्रवेश गरिसकेको अवस्थामा सो घटना भएको बताइन्छ ।
सो विमानमा भारतीय कम्यूनिस्ट पार्टी मार्क्सवादीका सांसद प्रकाश कराँतसहित १६ सरकारी उच्च कर्मचारी सवार थिए ।
विवाद हुनुअघि विमानस्थलबाट जहाज नउडेकाले ठूलो दुर्घटनाबाट बचेको समाचारमा जनाइएको छ ।

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar