• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Politics » प्रधानमन्त्री ओली ८ दिने भ्रमणका लागि चीन प्रस्थान, कस्तो छ भ्रमण तालिका ?
प्रधानमन्त्री ओली ८ दिने भ्रमणका लागि चीन प्रस्थान, कस्तो छ भ्रमण तालिका ?

काठमाडौं, ७ चैत - प्रधानमन्त्री केपी शर्मा ओली ८ दिने औपचारिक चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा ८ दिने चीनको औपचारिक भ्रमणका लागि आज ११ बजे  हिमालयन एयरलाइन्सको विमानमार्फत बेइजिङ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओली जम्बो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परिक्षणमा नआएको निजी विमानमार्फत बेइजिङ प्रस्थान गरेका हुन्।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, उद्योगी–व्यापारी र केही पत्रकार रहेकोे परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्ने छन्। प्रधानमन्त्री ओली चीनको जनबृहत् प्रेक्षालयमा आयोजना हुने स्वागत समारोहमा चैत ८ गते सरिक हुने छन्। त्यसपछि उनले आफ्ना समकक्षी लीसँग भेटवार्ता गर्नेछन्। लीसँगको औपचारिक वार्तापछि दुई देशवीच  द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने छ।

चैत ८ गते नै प्रधानमन्त्री लीले प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा गर्ने दिवाभोजमा सरिक हुने कार्यक्रम छ।  प्रधानमन्त्री ओलीले चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै चैत ९ मा चीनका लागि नेपाली राजदूत डा महेश मास्केले बेइिजिङस्थित नेपाली दूतावासले गर्ने स्वागत भोजमा प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधिमण्डल सरिक हुनेछ।

प्रधानमन्त्री ओलीले हेनान प्रान्तको बोआओमा हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य ः नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली चैत १४ गते स्वदेश फर्किने कार्यक्रम छ।

Labels: Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar