• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » जहाँ श्रीमानको गोडाको पानी नखाई श्रीमतीले केहि खाँदैनन्
जहाँ श्रीमानको गोडाको पानी नखाई श्रीमतीले केहि खाँदैनन्

गुल्मी – नयाँ पुस्ताका महिलाहरु विहान अवेर सम्म विस्तरामै रहन रुचाउछन् । कसैले त सासु ससुराबाट पकाएको चिया विस्तारामै ल्याई दिए हुन्थ्यो भन्ने अपेक्षा समेत राख्छन् । तर यहाँका पाका पुस्ताका महिलाहरुले भने विहान चार देखि पाँच वजे पुर्व नै उठेर घाम उदाउनुअघि नै आधा काम सकिसकेका हुन्छन् ।त्यही देख्न सकिन्थ्योे गुल्मीको बडागाउँ ७ मा पुग्दा । त्यस गाउँका प्रत्येक घरका पाका पुस्ताका महिलाहरु विहानै उठेर गाई भैंसीलाई घाँस –पात, गोवर –सोत्तर, दलान लिप–पोत र आँगन सरसफाईमा व्यस्त थिए । त्यो सकेर चिया पकाउन सुरु गरे । परिवारका अन्य सदस्यहरुलाई विस्तरा सम्म पनि पुर्याए । तर आफूले भने श्रीमानलाई उठाएर उनको गोडाकका पानी नखाए सम्म पिएनन् ।
त्यस गाउँका चन्द्रबहादुर सुनारकी श्रीमतिले भनिन्–‘ हामी त विहान उठेर श्रीमानको गोडाको जल नखाई पानी पनि पेटमा हाल्दैनौं ।’ ७० को नेटो काटेका ति दम्पत्तीमा मात्र नभई ४० वर्ष उमेर यताका सवै महिलाहरुले त्यो चलन रहेको बताए । त्यस गाउँकी फुलकुमारी सुनारले भनिन् –‘तर हाम्ले यस्तो गरे पनि अहिलेका छोरी वुहारीहरुले भने यो चलन छाडेका छन् । ’

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar