• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » Breaking News अमेरिकामा नेपाली विद्यार्थीको कार दुर्घटनामा निधन
Breaking News अमेरिकामा नेपाली विद्यार्थीको कार दुर्घटनामा निधन

काठमाडौं पकनाजोलका २१ बर्षिय रुसल श्रेष्ठको अमेरिकाको सेन्ट्रल टाइम अनुसार शनिबार राति साढे १० बजे कार दुर्घटनामा परेर घटनास्थलमै निधन भएको हो। रात्री सिफ्टको लागि साथीलाई काममा छाड्न जाने क्रममा हाइवेबाट शाखा सडकमा बाहिरिने क्रममा गलत ठाउँमा परेर कार

दुर्घटनामा परेको थियो। काममा छाड्न लागेको साथी सामान्य घाइते भएपनि उनको भने तत्कालै निधन भएको थियो।
हाइवे–३५ मा भएको दुर्घटनामा कार सडकबाट तल खाडलमा खसेको थियो। अमेरिकाको हाइवेमा गाडी चलाउँदा ७० माइल (एकसय १२ किलोमिटर) प्रतिघण्टाको स्पिडमा चलाउनुपर्ने हुन्छ। त्यस क्रममा हाइवेबाट शाखा सडकमा बाहिरिन खोज्दा गलत ठाउँमा परेपछि उनको कार दुर्घटनामा परेको

थियो। हाइवेमा एक्जिट (बाहिरिने बाटो) आयो भन्दै कारलाई छेउतिर लैजाँदा गहिरो खाल्डोमा उक्त कार परेको थियो।
दुर्घटनामा गाडी चलाइरहेका श्रेष्ठको घटनास्थलमै निधन भएको प्रहरीको भनाई उधृत गर्दै नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिए। उनीसँग रहेका नेपाली युवकको भने देब्रे हात भाँचिएको छ। उनको अवस्था भने सामान्य छ।
ड्यालसस्थित ब्रोकहेभन कलेजमा अध्ययनरत श्रेष्ठको शबलाई नेपाल पठाउने तयारी भइरहेको छ। नेपाली समाजलाई परेको दुःखको विषयलाई लिएर समाजको आकस्मिक भेला सोमबार साँझ ५ बजे डाकिएको नेपाली समाज महासचिव कमल सत्यालले बताए।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar