बलिउड अभिनेत्री प्रियङ्कालाई ओबामाले दिए डिनरको निम्तो
डिसी नेपाल संवाददाता - बलिउड अभिनेत्री प्रियङ्का चोपडालाई अमेरिकन राष्ट्रपति बाराक ओबामाले डिनर पार्टीका लागि निम्तो दिएका छन्।
अभिनेत्री प्रियंकालाई अमेरिकन राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले व्हाइट हाउसदेखि अन्तिम व्हाइट हाउस कोरेस्पोन्डेन्ट्स डिनरका लागि निम्तो दिएका हुन्।
प्रियङ्का चोपडा यस समारोहमा सहभागी हुने भएकी छन्। प्रियङ्काका सँगै यस शाही डिनरमा बाराक ओबामा र मिशेल ओबामा तथा हलिउड स्टार ब्र्याड्ली कूपर, लुयी लियु, जेन फोन्डा र कयौं चर्चिच कलाकार सहभागी हुने भएका छन् ।
चोपडाले अमेरिकन टीभी श्रृंखला क्वान्टिकोमा समेत अभिनय गरेकी छन्।


0 comments
Write Down Your Responses