कपाल झर्ने समस्या रोक्न प्रयोग गर्नुहोस् प्राकृतिक घरेलु उपाय
कपाल झर्नु सामान्य कुरा हो। तर दैनीक धेरै कपाल झर्छ भने त्यो समस्या हो। प्रतिदिन लगभग १०० वटासम्म कपाल झर्नु सामान्य मानिन्छ। तर त्यो भन्दा धेरै कपाल भर्दा त्यसले नोक्सान गर्न सक्छ।
कपाल झर्न रोक्ने घरेलु विधिहरु अपनाउन सकिन्छ। यसले साइड इफेक्ट पनि गर्दैन । कपाल झर्नबाट रोक्ने सबैभन्दा उत्तम विधि स्वस्थ जीवनशैली, अधिक पानी र झोल पदार्थ सेवन हो। यसबाहेक अन्य घरेलु विधिबाट पनि कपाल झर्नबाट रोक्न सकिन्छ। पात मेंहदीले कपाल झर्नबाट रोक्छ।
मेंहदीमा अण्डा पनि मिसाउन सकिन्छ। उसैगरी कपालमा दही लगाउदा पनि कपाल झर्न रोक्छ। ३० मिनेट दहीले कपाल मालिस गर्दा कपालमा चमकसमेत आउछ। कपालमा काचो अण्डाको घोल बनाएर करीब एक घण्टा लगाउदा त्यसले कपाल झर्नबाट रोक्ने र बाक्लो पनि बनाउछ। हप्तामा एक पटक तोरीको तेलले कपाल मसाज गर्दा कपाल झर्न कम हुने र कपाल स्वस्थ पनि रहन्छ।
कपाल झर्ने प्रमुखकारण मानसीक तनाव, धुम्रपान र रक्सि सेवन हुन्। ताजा फलफुल सेवन र शारीरिक व्यायामले शरिरमात्र होइन कपाल पनि स्वस्थ रहन्छ।


0 comments
Write Down Your Responses