काठमाडौंमा अर्काे दुर्घटना, दुई जनाको मृत्यु !!
काठमाडौं, २१ चैत । राजधानीमा आइतबार अर्काे ठूलो दुर्घटना भएको छ । प्रहरीका अनुसार तीनजना सवार मोटरसाइकल स्वयम्भूमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते छन् । कलंकीतर्फ गइरहेको बा ३० प ४५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकपेटीमा ठोक्किँदा गम्भीर घाइते भएका चालक कलंकीका २८ वर्षीय शैलेन्द्र रिसाल र मोटरसाइकलको पछाडि बसेका सोनु रिसालको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अनिस रिसालको वीर अस्पतालमा उपचार भइरहेको छ ।


0 comments
Write Down Your Responses