• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » अाेम अस्पतालको लापरबाहीले मृत्यु भएकी सुत्केरीको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति>>>हेर्नुहोस
अाेम अस्पतालको लापरबाहीले मृत्यु भएकी सुत्केरीको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति>>>हेर्नुहोस

पोखराको महेन्द्रपुलस्थित ओम अस्पतालको लापरबाहीले एक सुत्केरीको मृत्यु भएको छ । लमजुङ इशानेश्वरकी २३ वर्षीया ईश्वरी पौडेल घिमिरेको आइतबार सुत्केरी भएको चौंथो दिन निधन भएको हो ।

ओम अस्पतालमा वैशाख ८ गते बच्चा जन्माएकी ईश्वरीको मृत्यु भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएको थियो । ईश्वरीको अपरेसनबाट छोरी जन्मिएपछि आमा र बच्चा दुबै स्वस्थ थिए । उनलाई अपरेसनको भोलीपल्ट विहानदेखि एक्कासी पेट दुःख्ने र फुल्ने भयो ।

मृतकका आफन्त सुरेश घिमिरेका अनुसार पेट फुल्ने समस्या आएपछि ईश्वरीका श्रीमान् राजन घिमिरेले अपरेसनमा संलग्न चिकित्सक डा निरज दुबेलाई मध्यान्ह १२ बजे सम्पर्क गरेका थिए । तर, डा दुबे तीन बजे मात्रै अस्पताल पुगे । डा दुबेले ईश्वरीको अवस्था नाजुक भएकोले क्षेत्रीय अस्पताल लैजान रेफर गरे ।

क्षेत्रीय अस्पतालमा पनि स्वयं डा दुबे नै ईश्वरीको उपचारमा संलग्न भए । उनले अपरेसन खोलेर जाँच गरेपछि ईश्वरीलाई भेन्टिलेटरमा राखियो । डा दुबेले ईश्वरीका आफन्तलाई आन्तरिक रक्तश्रावको कारण दुबै मृगौला फेल भएको जानकारी दिए । ईश्वरीलाई आइतबार विहान ५ः४५ बजे मृत घोषणा गरियो ।

ईश्वरीका आफन्त सुरेशले अपरेसनपछि अस्पतालले उचित हेरविचार नपुर्‍याउँदा विरामीको मृत्यु भएको आरोप लगाए । उनले ओम अस्पताल मै इश्वरीको निधन भएपनि सरकारी अस्ताललाई दोषी देखाउन क्षेत्रीय अस्पताल पुर्‍याएको आशंका गरे । उनले भने, ‘अपरेसन पश्चात रेखदेखमा खटिएका नर्सको लापरबाही देखिएको छ ।’

उपचारमा संलग्न डा निरज दुबेले ईश्वरीको मृगौला फेल भएकै कारण निधन भएको बताए । अपरेसन गरेको करिब २० घण्टापछि ईश्वरीको मृगौलाले काम गर्न छोड्दा पिसाव बन्द भएकोले डायलोसिसका लागि गण्डकी अस्पताल रेफर गरेको दाबी गरे । ‘कुन विरामीलाई एक्कासी यस्तो हुन्छ भन्नै सकिन्न,’ उनले भन, ‘आइसीयुमा राखेर उपचार गरी बचाउँने हरसंभव प्रयास गरेका हौं ।’

मृतका आफन्तले चिकित्सकको लापरबाहीले ईश्वरीको निधन भएको भन्दै आइतबार गण्डकी अस्पतालमा नाराबाजी गरेका थिए । अस्पतालमा ईश्वरीको माइती कास्की सल्यान र हाल बसोबास रहेको पस्र्याङ क्षेत्रका बासिन्दाको उल्लेख्य उपस्थिती थियो । उनीहरुले उपचारमा संलग्न चिकित्सक र ओम अस्पताललाई कारबाहीको माग गरेका थिए ।

यसैबीच, आइतबार नै क्षेत्रीय अस्पताल प्रशासनको रोहबरमा ओम अस्पताल प्रशासन र पीडितबीच ३ बुँदे सहमति भएको छ । सहमतिमा ईश्वरीको सम्पूर्ण उपचार खर्च अस्पतालले फिर्ता गर्ने, ईश्वरीका चार वर्षीय छोरा र नवजात छोरीको आजिवन स्वास्थ्योपचार ओम अस्पतालले बेहोर्ने र दुई बच्चाको शिक्षादीक्षाको लागि बाबु संरक्षक रहने गरी १० लाख रुपैयाँ अस्पतालले पीडितलाई उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

ईश्वरीकी भाउजू गीता पौडेलले नाबालाक छोराछोरीको शिक्षादीक्षा होस् भनेर सहमति गरिएको बताइन् । ‘जुन भन्ने मान्छेले छोडेर गइहालिन्,’ उनले भनिन्, ‘भान्जाभान्जीले दुःख नपाउन भनेर सहमति गर्‍यौं ।’

चिकित्सकलाई कारबाहीको माग गर्दै अस्पताल पुगेकी वडा महिला समन्वय समिति पोखरा ५ की अध्यक्ष कालिका थापाले यस्ता घटना दोहोरिन नदिन खबरदारी गरेको बताइन् । समितिकै उपाध्यक्ष उर्मिला पौडेलले यस्ता घटना पटक–पटक दोहारिनु चिकित्सकको चरम लापरबाही भएको धारणा राखिन् ।

कास्की सल्यानकी ईश्वरी पौडेल र लमजुङ इशानेश्वरका राजन घिमिरे ६ वर्ष पहिले विवाह बन्धनमा बाँधिएका थिए । उनीहरु विगत केही वर्षदेखि पस्र्याङमा खाद्यान्नको थोक विक्री गरी बसेका थिए ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar