प्रत्युषा आत्महत्या काण्ड : अदालतद्वारा राहुल राजको अग्रिम रिहाई
बलिउड अभिनेत्री प्रत्युषा बेनर्जीको आत्महत्यालाई लिएर अझै कुनै ठोस निर्णय हुन सकेको छैन ।
आत्महत्याको लागि उक्साएको आरोपमा प्रत्युषाको प्रेमी राहुल राज सिंहलाई अनुसन्धानको लागि हिरासतमा राखिएको थियो । तर बम्बईको उच्च न्यायलयले आत्महत्याको लागि उक्साएको केही प्रमाण नपाईएको भन्दै राहुललाई अग्रिम रिहाई दिएको छ ।
बयान अनुसार अरोपी राहुल र पीडित प्रत्युषाको बीच विवाद रहेको पाईए पनि पहिलो चरणको अनुसन्धानमा आत्महत्याको लागि उक्साएको कुनै प्रमाण नभेटिएको न्यायधिस मृदुल भटकरले बताएका छन् ।
अग्रिम रिहाईको माग गर्ने राहुलको आवेदनलाई अदालतले स्वीकार गर्दै बांगुर नगर पुलिस चौकीमा हप्ताको तीन पटक उपस्थित हुनको लागि आदेश दिँदै अदालतले राहुललाई रिहाई गरेको हो ।
अदालतले अभिनेत्री प्रत्युषाले आत्महत्या गरेको एक घण्टा पहिले राहुलसँग भएको फोन वार्ता सुनेको थियो । उक्त फोन वार्तामा राहुलले कुनै पनि गलत कदम नउठाउन आग्रह गरेको पाईएको अदालतले जनाएको छ ।
यद्यपी प्रत्युषाको परिवार र साथीहरु उनको प्रेमी राहुल राजलाई दोषी ठानिरहेका छन् । १ अप्रिलमा आत्महत्या गरेकी प्रत्युषाले एक दिन पहिले गर्भपतन गराएकी थिइन् ।


0 comments
Write Down Your Responses