• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » सोनिश अवालेलाई सेनाले निःशुल्क पढाउने
सोनिश अवालेलाई सेनाले निःशुल्क पढाउने

१२ वैशाख, काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्पमा भत्किएको घरको भग्नावशेषबाट २२ घण्टापछि नेपाली सेनाद्वारा जीवितै उद्दार गरिएका भक्तपुर सोनिश अवालेलाई नेपाली सेनाले निःशुल्क पढाउने भएको छ । भूकम्प गएको एक बर्ष पुगेकै दिन सेनाले सोनिशलाई पढाउने घोषणा गरेको हो । सोनिशको परिवारले अझैसम्म सरकारी राहत पाएका छैनन् ।

अनलाइनखबरसँग कुरा गर्दै सोनिशकी आमा रश्मिलाले छोराछोरीलाई कसरी बढाउने चिन्ता व्यक्त गरेकी थिइन् ।अब सोनिशको पढाइमा सेनाले साथ दिने भएको छ । सैनिक मुख्यालयमा आइतबार भएको कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोनिशलाई सैनिक विद्यालयमा निःशुल्क पढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अहिले १६ महिनाका भएका छन् । सोनिशलाई नेपाली सेनाले भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा ६ देखि स्नातक तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाइनेछ । त्यसअघि ५ कक्षासम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा नै अध्ययन गराइने तर, उनको शिक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा सेनाले नै उपलब्ध गराउनेछ ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar