गर्मीयाम सुरु भएसँगै अण्डा खानु कत्तिको उपयुक्त ?
महिनामा अण्डा खान निकै मन लाग्छ र मनग्गे खाइन्छ पनि। तर जब गर्मीयाम सुरु हुन्छ अण्डा कम खाइन्छ।
अण्डा आफैमा गर्मी चिज भएकाले गर्मी याममा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक नहुने मान्यता रहने गरेको छ। भलै अण्डा गर्मी गराउने खानेकुरा हो। तर यसमा हुने विभिन्न खाले पौष्टिक तत्वहरुका कारण यो गर्मी तथा ठण्डी सबै मौसममा उत्तिकै आवश्यक तथा लाभदायी खानेकुराको रुपमा रहेको हुन्छ।
प्रोटिनले भरिपूर्ण अण्डा स्वास्थयका लागि निकै फाइदाजनक हुन्छ। यसमा भिटामिन ए तथा भिटामिन डी दुबै हुन्छ। यसका साथै अण्डामा क्याल्सियम, फलाम तथा फस्फोरस जस्ता लवण पनिपाइन्छ।
गर्मीमा अण्डा खाएमा पाचन प्रक्रियामा गडबडी आउने तथा अपच हुने समस्या उत्पनन हुने गलत मान्यता रहिआएको छ। तर वास्तविकता के हो भने यसले सरीरलाई बाहिरी वातावरणको अधिक गर्मीबाट शितलता प्रदान गर्दछ।
यसमा हुने विभिन्न लवण तथा अन्य तत्वहरुले सरीरमा फ्लुडको मात्रा सन्तुलनमा राख्न सहयोग गर्दछ भने सरीरलाई चाहिने उर्जा समेत प्रवाह गर्दछ। त्यसो भए एक दिनमा कति अण्डा खाने त रु आवश्यकता भन्दा बढि खाएमा त्यसले अवश्य पनि पाचनक्रियामा बाधा उत्पन्न गर्न सक्छ।
गर्मी याममा दिनमा १/२ ओटासम्म अण्डा खानु पर्याप्त हुन्छ। त्यसभन्दा बढि खानु लाभदायक हुँदैन। तर जो मानिस शारीरिक सुगठनमा लागेका छन्, वा जिमखाना धाइरहेका छन् उनीहरुले दिनमा ३ वटासम्म र जाडो याममा ६ वटासम्म अण्डा खान सक्दछन्।

0 comments
Write Down Your Responses