• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, News » दक्षिणकाली भगवानको मन्दिरमा अप्रत्यासित घटना,मन्दिरका सबै नाग बाहिर निश्ने, फेरी अनिष्टको संकेत
दक्षिणकाली भगवानको मन्दिरमा अप्रत्यासित घटना,मन्दिरका सबै नाग बाहिर निश्ने, फेरी अनिष्टको संकेत

काठमाडौं–राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ । बाग्मती नदीमा बनेको 'कटुवाल दह' भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो ।

स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ । 'दिनमा चार पटकसम्म निस्कन थालेको छ' स्थानीय पञ्च बहादुर लामाले भने, 'चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो ।
बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन् ।

पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए । शुरु–शुरुमा बालबालिका र युवा–युवतीले ढुंगाले हिर्काउने, काठको टुक्राले हिर्काउने गर्न थालेपछि नाग संरक्षणमा स्थानीयले चासो देखाएका थिए । अहिले उनीहरु स्थानीय अगुवाहरुले समिति नै बनाएरै नागको संरक्षण थालेका छन् । 'पहिले ब्यक्तिगत रुपमा नागको संरक्षण गर्न जुटेका थियौं' पञ्च बहादुर लामाले भने, 'पछि सवै मिलेर कटुवाल दह क्षेत्र सुधार समितिको नाममा संरक्षण समिति गठन गर्यौं ।

Labels: Articles, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar