• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » भारतमा जन्मियो माछाजस्तै बच्चा
भारतमा जन्मियो माछाजस्तै बच्चा

नयाँदिल्ली – भारतको उत्तर प्रदेशमा माछा आकारको एक अचम्मको शिशुको जन्म भएको छ । दुवै खुट्टा एकअर्कामा जोडिएको र दुवै हात पनि माछाको पखेटाजस्तै फिजारिएको अवस्थामा जन्मिएको उक्त बच्चा १० मिनेट मात्र बाँचेको थियो । बच्चाको माथिल्लो भाग विकसित छ भने तलतिरको भाग अविकसित छ । बच्चा बालक या बालिका भन्ने पनि छुट्टिएको छैन ।
चिकित्सकीय भाषामा यस्तो अवस्थालाई ‘सिरेनोमेलिया’ अर्थात् ‘मर्मेड सिन्ड्रोम’ भनिन्छ । उत्तरप्रदेशको सहरनपुरकी २२ वर्षीया महिलाले यस्तो बच्चा जन्म दिएकी थिइन् । सुत्केरी गराउने कार्यमा संलग्न सहीराम अस्पतालकी डा. बन्दना आर्यले आफूले यस्तो केस यसअघि कहिल्यै नदेखेको बताइन् । अचम्मको बच्चालाई हेर्न भीड लागेको समाचारमा जनाइएको छ

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar