• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, Video » चितवनमा यसरि भयो एकै परिवारका तीन जनाको सवारी दुर्घटना
चितवनमा यसरि भयो एकै परिवारका तीन जनाको सवारी दुर्घटना

४ जेठ, चितवन । चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकै परिवारका तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सोमबार साँझ भरतपुर–१० स्थित ओरालोमा नारायणगढ जाँदै गरेको ग १ ज ५७०६ नम्बरको पिकअप भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
पिकअप भ्यानले विपरीत दिशातर्फ जाँदै गरेको ग ४ प ३९१८ नम्बरको मोटरसाइकल र ना १७ प ५७२१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरु घाइते भएका हुन् । घाइते हुनेमा ३९१८ नम्बरको मोटरसाइकलका चालक भरतपुर–१२ का ५० वर्षीय श्रीराम कट्टेल, उनकी श्रीमती ४५ वर्षकी नारायणी कट्टेल र छोरी सन्ध्या कट्टेल रहेका छन् । एउटै मोटरसाइकलमा रहेका तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै, स्कुटीमा सवार भरतपुरका स्थानीय १८ वर्षका विजय न्यौपाने र भरतपुर–७ का २० वर्षीय सुमाङ्कर भण्डारीसमेत घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु पाँचैजनाको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको र पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Labels: Articles, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar