• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » सुसाइट नोट लेखेर आत्महत्याका लागि सिंहको खोरमा नांगै खसेपछि.
सुसाइट नोट लेखेर आत्महत्याका लागि सिंहको खोरमा नांगै खसेपछि.

सुसाइट नोट लेखेर एक व्यक्ति आत्महत्याका लागि चिडियाखानाको सिंहको खोरमा नांगै खसेका छन्। उक्त व्यक्तिलाई बचाउनका लागि चिडियाखाना प्रशासनले दुई वटा सिंहलाई गोली हानि मारेको छ।

‘मान्छे खसेपछि पहिलो प्राथमिकता उसको जीवन रक्षा गर्ने हो,’ चिडियाखाना प्रशासनले भनेको छ। शनिबार चिलीको सैंटियागो महानगर चिडियाखानामा खसेका अन्दाजी २० वर्षीय युवकलाई सींहको पञ्जाबाट उद्धार गरी नजिकैको अस्पताल लगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उनको अवस्था चिन्ताजनक रहेको अस्पताल प्रशासनले जनाएको छ।

शनिबार दिउँसो भीडभाड भएको बेला सिंहको खोरमा उक्त व्यक्ति आत्महत्याका लागि भन्दै नांगै झरेका थिए।

मान्छे खस्ने बित्तिकै दुई वटा सिंहले आक्रमण गरेका थिए। लगत्तै चिडियाखानका मान्छेले मानिसको ज्यान बचाउनु ठूलो कुरा भन्दै सिंहलाई गोली हानेर मारेका थिए।

महानगर पार्क चिडिया घरका निर्देशक मौरिसियो फेब्रीका अनुसार उक्त व्यक्तिको बाहिर रहेको कपडामा ‘सुसाइट नोट फेला परेको छ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar