सुन्दा पत्यार नलाग्ला तर बास्तबिकता मा आधारित >>> एउटा त्यस्तो गाउँ छ !! जहाँ १० वर्षदेखी १ जनामात्रै बसदै see more at...
एक्लै बस्नुपर्दा मानिसहरुले तनाव, एक्लोपन तथा त्रास महसूस गर्छन् । तर एक चिनियाँ व्यक्ति पछिल्लो १० वर्षदेखी सिंगै गाउँमा एक्लै बस्दै आइरहेका छन् । चीनको दुर्गम गाउँ छुइनसानसिमा लिउ सेनगाइजा एक्लो छन् । एक दशकअघि उनकी आमा र भाईको निधन भएपछि उनी यहाँ भेडा चराउँदै बस्छन् ।
कुनै समय छुइनसानसिमा २० परिवारको बसोबास थियो ।
तर बिस्तारै सुविधाको अभाव भएका कारण यहाँबाट मानिसहरु साना तथा ठूला शहरतर्फ बसाई सर्न थाले । कामको खोजीमा मानिसहरु बाहिरिदैँ जादाँ सन् २००६ सम्ममा यस गाउँमा लिउ सेनगाइजाको परिवार मात्रै बाँकी थियो । उनका भाई तथा आमाको पनि निधन भएपछि उनी एक्लो भए । तर उनले गाउँ छाडेनन् । उनी भन्छन् : सुरुआतमा गाउँमा एक्लै बस्दा मलाई धेरै दुख लाग्थ्यो । जंगली कुकुरहरु कराउँदा राती म सुत्न सक्दैन थिएँ । तर केही समयपछि मैले भेडा पाल्न थाले । अहिले उनीहरु नै मेरा साथी हुन् । म एक्लै बस्दा रमाउँछु

0 comments
Write Down Your Responses