• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Photo » सासू बुहारीबीचको कुटाकुट हुदा सासूको मृत्यु !
सासू बुहारीबीचको कुटाकुट हुदा सासूको मृत्यु !

सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्री देवी दनुवार रहेको प्रहरीले जनाएको छ ।
स्थानीय ४० वर्षीया राजुदेवी दनुवार र उहाँकी सासू ६५ वर्षीया समुन्द्रीदेवी दनुवारबीच घरायसी विषयमा झगडा भएको र झगडापछि समुन्द्रीदेवीको मृत्यु भएको स्थानीयवासीलाई उद्धत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ । घटनाबारे प्रहरीबाट अनुसन्धान भइरहेको छ । रासस

Labels: News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar