बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजिनामा दिए..
एजेन्सी । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायतको प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् ।
बेलायतमा बुधबार भएको युरोपेली संघमा रहने कि बाहिरिने भन्ने बारे भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नु पर्ने पक्षमा बढी मत प्राप्त भएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले देशले नयाँ लिडर खोजेको भन्दै प्रधानमन्त्री पदबाट राजिनामा दिएका हुन ।
प्रधानमन्त्री क्यामरुन युरोपेली संघबाट ब्रिटेन अलग हुन नहुने पक्षमा उभिएका थिए ।

0 comments
Write Down Your Responses