• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, Health » यस्ता रोगबाट सधै टाढा रहन लसुन सेवन गर्नुहोस् :: Read More News>>
यस्ता रोगबाट सधै टाढा रहन लसुन सेवन गर्नुहोस् :: Read More News>>

धेरै लसुनलाई खाना स्वादिस्ट बनाउने मसला ठान्छन्। यस उपादेयता यति मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो। मानव स्वास्थ्यका लागि धेरै लाभदायी गुण हुन्छन् लसुनसँग। कति प्रकारका रोगब्याधि लसुनले ढिम्किनै दिँदैन, कतिलाई लखेट्छ। लसुनमा एलिएम नामको एन्टिबायोटिक हुन्छ। जसले प्राकृतिक एन्टिबायोटिकका रुपमा काम गरिरहेको हुन्छ। स्वास्थ्यका लागि फाइदा गर्ने भएकैले विश्वका हरेक ठाउँमा यसको प्रयोग जरुरी ठानिएको हो।

एसिडिटीको समस्यामा यसको प्रयोग असाध्यै लाभदायी मानिन्छ । लसुनले उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ। यसले रगत प्रसारणमा नियन्त्रण गरेर कतिपय अवस्थामा मुटुका रोग लाग्नबाट समेत जोगाउँछ।
पेटका रोग जस्तै डाइरियाका लागि यसको प्रयोग असाध्यै प्रभावकारी ठानिएको छ । त्यसैगरी प्राचन प्रक्रियालाई यसले सघाउँछ। आत्तिने वा तनावबाट सिर्जना हुने एसिडिटी कन्ट्रोल गर्न पनि काम आउछ।

लसुनमा रहेको डिटक्सिफिकेसन गुणका कारण विश्वमैं वैकल्पिक चिकित्सामा यसलाई सबभन्दा राम्रो खाद्य सामग्री मानिएको हो। यो त्यति  शक्तिशाली हुन्छ, कतिपय परजीविलाई शरीरभित्रै सिध्याइदिन्छ। मधुमेह र कति प्रकारका क्यान्सर समेत निको गर्न यसले मद्दत गर्छ। लसुन श्वासप्रश्वास प्रणालीका लागि पनि राम्रो हुन्छ। यसले टिबी, दम, निमोनिया, रुघालगायतका रोगको रोकथाम गर्न सक्छ।

टीबी रोगको समस्या भएकाहरुले बिहानै खाली पेटमा यसको प्रयोग गर्नु उपयुक्त हुन्छ। दाँतको दुखाइमा पनि यसको प्रयोग गुणकारी हुन्छ। फूलका समस्यमा पनि बिहान उठ्नेबित्तिकै मनतातो पानीसँग यसको प्रयोग गर्न लाभदायक हुन्छ।

Labels: Articles, Health

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar