अब सुगाले खोज्नेछ हत्याको रहस्य..
मार्टिन डुरम नामका व्यक्तिको हत्याको विषयमा चलेको मुद्दामा सुगाले गवाहको रुपमा बयान दिने भएको हो । डुरमको एक वर्षअघि आफ्नै घरमा गोली हानी हत्याभएको थियो । उक्त हत्या कसले गराएको हो ? अझै खुलेको छैन । गोलीकाण्डमा सख्त घाइते भएकी डुरमकी पत्नी सघन उपचार पछि अहिले निको भएकी छिन् । तर उनीपनि लोग्नेको हत्या कसले गरेको हो भन्न सक्दिनन् । मार्टिकका आबाबुवाका अनुसार घरमा पालेको बड नामको सुगाले हत्यारा पत्ता लगाउन सक्ने दाबी गरेका छन् ।
उनीहरुका अनुसार बडले सायद मार्टिनको हत्याको दृश्य देखेको थियो र मार्टिनले हत्या हुने बेलामा बोलेको अन्तिम शव्द पनि सुनेको थियो । उनीहरुले बडको एक भिडियो पनि बनाएका छन् । जसमा उक्त सुगाले भनेको छः Don’t f…cking Shoot’l । उक्त भिडियोलाई प्रमाणको रुपमा अदालतले ग्रहण गरोस् भन्ने उनीहरुको चाहना छ । वाशिंटन पोष्टमा छापिएको खबर अनुसार मार्टिन घटना दोहोरो हत्याको एक नमूना हो । मार्टिनको शवसँगै पत्नी ग्लेना पनि सोही घरमा फेला परेकी थिइन् । त्यसैले उनीमाथि पतिहत्याको आशंका लागेको छ ।

0 comments
Write Down Your Responses