• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » प्रेमिकाले आत्महत्या गरेको खबर पाउनसाथ प्रेमीले हाम्रो लासलार्इ एउटै चितामा जलाइदिनु भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरे
प्रेमिकाले आत्महत्या गरेको खबर पाउनसाथ प्रेमीले हाम्रो लासलार्इ एउटै चितामा जलाइदिनु भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरे

असार १२, मोरङको केराबारीमा आ–आफ्नै घरमा झुन्डिएर एकैदिन प्रेमी–प्रेमिकाले आत्महत्या गरेका छन् ।

शनिबार आ–आफ्नै घरमा झुन्डिएर केराबारी २ की १७ वर्षीया रक्षा भण्डारी र केराबारी ४ कुवानीका १९ वर्षीय खेमप्रसाद बरालले आत्महत्या गरेका हुन् ।

प्रहरीले यसै वर्ष केराबारीस्थित मछिन्द्र माविबाट एसएलसी पास गरेका बराल र भण्डारी लामो समयदेखि प्रेम सम्बन्धमा रहेको जनाएको छ । उनिहरुको प्रेम सम्बन्धमा घरपरिवारले स्वीकृति नदिएपछि दुवैजनाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

टाउको दुख्यो भनेर कोठामा पसेकी रक्षाले सलको पासो लगाएर झुन्डिएको इलाका प्रहरी कार्यालय केराबारीका सई सूर्य प्रसाईंले जनाएका छन् । प्रेमिकाले आत्महत्या गरेको खबर पाएलगत्तै खेतमा पानी लगाउन गएका खेमप्रसाद पनि सुसाइड नोट लेखेर नाइलनको पासोमा आफ्नै कोठामा झुन्डिएका थिए ।

दुवैजनाको तत्काल मृत्यु भएकाले शव परीक्षण गराई प्रहरीले परिवारलाई अलग–अलग रूपमा जिम्मा लगाएको थियो । उनीहरूको शनिबारै दाहसंस्कार गरिएको आफन्तले जनाएका छन् ।

खेमप्रसादले प्रेमिका रक्षालाई सम्बोधन गर्दै लेखेको सुसाइड नोटमा बिरामी हुँदा पनि साथ दिएको तर अकस्मात मृत्यु रोजेर आफूलाई सेवा गर्ने अवसर नदिएको भन्दै गुनासो गरेका छन् । उनले आफूलाई रक्षा जलाएकै चितामा जलाइदिन पनि आग्रह गरेका छन् ।

रक्षाका आफन्तले पोस्टमार्टमपछि जिम्मा लिएर केही पहिले नै शव जलाए पनि खेमप्रसादलाई आफन्तले रक्षालाई जलाएकै स्थानमा जलाएका थिए ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar