चीनमा तयार भयो सीसाको पुल, घनले हिर्काएर गरिएको परीक्षण
बेइजिङ, १३ असार - चीनमा सीसाको पुल तयार भएको छ । हालै एक समारोहबीच पुल उदघाटन गरिएको छ । उद्घाटन अघि उक्त पुलमा जडित सीसामा घनले हिर्काएर परीक्षण गरिएको थियो । यस कार्यका लागि केही युवा–युवती परिचालन गरिएको थियो।
हेनान प्रान्तस्थित युन्ताई पहाडमा ४३० मिटर लामो पुल बनाइएको हो । झोलुंगे शैलीमा बनाइएको यो पुलबाट सवारी साधनसमेत आवतजावत गर्न सक्नेछ । यो पुलमा सीसाका प्यानल जडान गरिएको छ । सिसाका दर्जनौं प्यानल बिछ्याएर पुलको सतह निर्माण गरिएको हो।


0 comments
Write Down Your Responses