• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Health, Video » किन खाने गोलभेँडा ? जानौं यसका १० अत्यन्तै गुणकारी फाइदा......हेर्नुहोस...
किन खाने गोलभेँडा ? जानौं यसका १० अत्यन्तै गुणकारी फाइदा......हेर्नुहोस...

काठमाडौं । दैनिक रुपमा भान्सामा विभिन्न परिकारमा होस् वा छुट्टै गोलभेँडाको प्रयोग गरिएको हुन्छ । विशेषगरी खानालाई स्वादिष्ट बनाउन मासु, तरकारी लगायत परिकारमा यसको प्रयोग हुन्छ । अझै यसको आचार निकै राम्रो, स्वादिष्ट र सबैलाई मन पर्छ । तर, यसका स्वास्थ्यजन्य फाइदाका बारेमा भने कमैलाई मात्रै थाहा छ ।

जानिराखौं गोलभेँडाका विभिन्न १० किसिमका फाइदा :

१. क्यान्सरको जोखिम घटाउँछ

गोलभेँडा खानाले क्यान्सरको जोखिम कम गराउँछ । यसमा पाइने लाइकोपेन नामक तत्वले शरीरमा क्यान्सर लाग्न नलिन भूमिका निर्वाह गर्छ । प्रोस्टेट र आन्द्राको क्यान्सर हुने सम्भावनालाई कम गर्ने गोलभेँडा जति पकायो, यसमा रहेको लाइकोपेनको मात्रा उति बढ्ने भएकाले गोलभेँडा फत्काएर खानु फाइदाजनक हुन्छ ।

२. हड्डी बलियो पार्छ

भिटामिन–के र क्याल्सियम प्रशस्त मात्रामा पाइने भएकाले गोलभेँडाले हड्डीलाई बलियो बनाउँछ ।

३. रगत शुद्ध बनाउँछ

गोलभेँडामा भिटामिन–ए र भिटामिन–सीजस्ता एन्टी–अक्सिडेन्ट तत्व प्रशस्त मात्रामा पाइने भएकाले यसले रगतलाई शुद्ध बनाउँछ । गोलभेँडाको सलाद खायो भने भिटामिन–सीको आपूर्ति शरीरमा बढी हुन्छ ।

३. मुटु बलियो बनाउँछ

गोलभेँडामा पाइने भिटामिन–ए, भिटामिन–बि, पोटासिमजस्ता तत्व पाइन्छ । यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिम घटाउने काम गर्छ ।

४. मधुमेह रोगलाई नियन्त्रण गर्छ

गोलभेँडामा पाइने क्रोमियम नामक तत्वले रगतमा सुगरको मात्रा बढ्नबाट जोगाउने काम गर्छ । यसर्थ मधुमेहका रोगीले गोलभेँडा खाने गरेमा राम्रो हुन्छ ।

५. पाचनक्रिया बलियो बनाउँछ

गोलभेँडा खाने गर्नाले कब्जियत निको हुने र पाचनक्रिया बलियो हुने गर्छ । खाना खाइसकेपछि अन्त्यमा पाकेको एउटा गोलभेँडा खाने गर्नु राम्रो हुन्छ ।

६. रोगप्रतिरोधी क्षमता बढाउँछ

लागेका रोगलाई निको पार्न अथवा बढी हानी हुन नदिने मात्रै होइन गोलभेँडाले शरीरमा रोग लाग्न पनि दिँदैन । गोलभेँडामा पाइने भिटामिन–ए र खनिजले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।

७ . बोसो कम गर्छ

गोलभेँडा खाने गर्नाले शरीरमा कार्निटाइन नामक एमिनो एसिडको मात्रा बढ्ने हुँदा यसले शरीरमा रहेको अनावश्यक बोसो काट्ने गर्छ ।

८. कपाल र छाला चम्काउँछ

विभिन्न कारणले कपाल झर्ने, पातलो हुने, फुस्रो हुने र टुक्रिनेलगायत समस्यालाई गोलभेँडाले रोक्ने काम गर्छ । गोलभेँडा खाँदा यसमा पाइने लाइकोपेन नामक तत्वले कपाल र छालालाई चम्किलो बनाइराख्छ । साथै, गोलभेँडालाई अनुहारमा दल्नाले यसले ‘फेसियल क्लिन्जर’को काम राम्रोसँग गर्छ ।

९. चुरोटको हानी कम गर्छ

चुरोट सेवनबाट फोक्सोमा परेको असर कम गर्न पनि गोलभेँडा उपयोगी हुन्छ । गोलभेँडामा पाइने काउमरिक एसिड र क्लोरोजेनिक एसिडले चरोट सेवनका कारण परेको असरलाई कम गरिदिन्छन् ।

१०. तनाव घटाउँछ

स्वादिष्ट र रोग प्रतिरोधात्मक मात्रै होइन गोलभेँडा तनाव कम गर्न पनि उपयोगी छ । गोलभेँडामा पाइने भिटामिन–सीले शरीरमा रहेको स्ट्रेस हार्मोन कम गरी व्यक्तिलाई तनावरहित बनाउन सहयोग गर्छ ।

Labels: Health, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar