पानीसँगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु, दुई घाइते
मकवानपुर, असार ५ - शनिबार बेलुका पानीसँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर हेटौंडा उपमहानगरपालिका २७ सेरेसेरेमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।
प्रहरीले शनिबार बेलुका पानीसँगै परेको चट्याङ लागेर ४६ वर्षका तारा रुम्बा र ३२ वर्षका कुमार बलको मृत्यु भएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले चट्याङ लागेर अन्य दुई जना घाइते भएको बताएको छ

0 comments
Write Down Your Responses