• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » भूतको फिल्म हेर्दा हेर्दै एकको मृत्यु, सँगै फिल्म हेर्न गएका अर्का व्यक्ति गायव
भूतको फिल्म हेर्दा हेर्दै एकको मृत्यु, सँगै फिल्म हेर्न गएका अर्का व्यक्ति गायव

एजेन्सी। भूतको फिल्मका बारेमा विभिन्न अडकलबाजी हिजोआज पनि गरिन्छ । तर भूतको फिल्म हेर्दा हेर्दै मृत्यु भएको खबर पहिलो पटक सार्वजनिक भएको छ । खबर हो भारत आध्र प्रदेशको । जहाँका एक ६५ वर्षिय व्यक्किो अंग्रेजी हरर फिल्म ‘द कन्जुरिङ २’ हेर्दा हेर्दै बेहोस भएपछि मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

ति व्यक्ति आध्र प्रदेशको तीरुभन्नमलाई सहरको श्री बालसुब्रमनिएर सिनेमा घरमा फिल्म हेर्दाहेर्दै यो दुर्घटना हुन पुगेको हो । उनको गएराती मृत्यु भएको बताइन्छ । स्रोतका अनुसार ‘द कन्जुरिङ २’ हेर्न ति व्यक्तिसँगै गएका साथीलाई उनले बेहोस हुनुपूर्व आफ्नो छाती दुखेको बताइरहेका थिए ।

फिल्म हेर्दा हेर्दै तत्कालै बेहोस भएका उनी होसमा नआएपछि ‘तीरुभन्नमलाई सरकारी मेडिकल कलेज अस्पताल’ले मृत घोषणा गरेको हो । घटनामा अझ रोचक त के भयो भने लाशसँगै ति साथी पनि गायब भएका छन् ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar