• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Photo » सलमानले ठूलो जमघटमा आफ्नी पूर्व प्रेमिका कैटरिना कैफको हात थामेर सबैलाई चकित पारे
सलमानले ठूलो जमघटमा आफ्नी पूर्व प्रेमिका कैटरिना कैफको हात थामेर सबैलाई चकित पारे

बलिउड अभिनेता सलमान खान कुनै न कुनै रुपमा चर्चामा रहिरहन्छन्। सोही क्रममा केही दिन पहिला सलमानले ठूलो जमघटमा आफ्नी पूर्व प्रेमिका कैटरिना कैफको हात थामेर सबैलाई चकित पारेका छन्।
भारतीय संचारमाध्यमका अनुसार आफ्नी रोमानिया गर्लफ्रेण्ड युलिया बंतुरसँग अफेयरमा रहेका सलमानले पुन कैटरिनाको हात थामेका हुन्।
बाब सिद्दीकीले दिएको पाटीमा पुगेका सलमानले कैटरिनाको हात समाएका हुन्। सलमान आफ्नी गर्लफ्रेण्डसँग पाटीमा जाने चर्चा चलेपनि पाटीमा सलमान एक्लै पुगेका थिए, जहा सलमान कैटरिनासँग निकै घुलमिल देखिए। यतिबेला समाजिक संजालमा सलमान र कैटरिनाको फोटो भाइरल भएको छ।
फोटोमा सलमान ठूलो जमघटमा पूर्व प्रेमिका कैटरिनाको हात समातेर हिडेँको दृष्य देख्न सकिन्छ। एकअर्काको हात समाएका उनीहरु दुवै मुस्कुराएका छन्। संचारमाध्यमले सलमान र कैटरिनाको प्रेम अझै बाँकी रहेको समाचार सम्प्रेषण गरेका छन्।
केही समय पहिला अभिनेता रणबीर कपुरसँग ब्रेकअपपछि सलमानले कैटरिनालाई आफ्नो करियरमा ध्यान दिन सल्लाह दिएका थिए। सलमानले कैटरिनालाई धेरै सहयोग समेत गर्ने गरेका छन्। हालैमा सलमानले फिल्म ‘वीरे दी वेडिंग’ मा कैटरिना कैफलाई अभिनेत्रीको रुपमा लिन सलमानले अनिल कपुरसँग सिफारिससमेत गरेका थिए।


Labels: News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar